काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनको क्रममा मङ्गलबार दुई छुट्टाछुट्टै स्थानबाट ३ सरकारी कर्मचारी घुस लिँदा लिँदै समातिएका छन् । यसरी समातिनेमा इञ्जिनियर बासी अख्तर महमद, सब इञ्जिनियर धनवीर भगत र सब इञ्जिनियर निरजकुमार चौधरी रहेका छन् ।

स्टिङ अपरेशनको क्रममा बासी अख्तर महमदलाई स्याङजाबाट प्रक्राउ गरिएको हो । महमद खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङजामा आठौ तहको इञ्जिनियरका रूपमा कार्यरत थिए । स्याङ्जास्थित उक्त खानेपानी आयोजनाको रू २ करोड ५ लाखको योजनाको बील भुक्तानी गर्ने क्रममा उनले घुस मागेको जानकारी पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महमदलाई स्याङजाको पुतली वजारबाट घुस रकमसहित पक्राउ गरेको हो ।
त्यस्तै रौतहट जिल्लाको साविक जटहारा गा.बि.स. ३ हाल सनाथ नगरपालिका– ८ स्थायी ठेगाना रहेका महमद रु. ४ लाख घुस लिँदालिँदै समातिएका छन् । त्यसैगरी मङ्गलबार नै काभ्रे जिल्लाबाट अरु दुईजना कर्मचारी घुस लिने क्रममा प्रक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सब इञ्जिनियर धनबीर भगत र निरजकुमार चौधरी रहेका छन् ।भगत शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमीमा कार्यरत भएपनि काजमा समन्वय इकाइ काभ्रेमा कार्यरत थिए । त्यस्तै निरजकुमार चौधरी अवकास प्राप्त कर्मचारी हुन् । काभ्रेको महाभारतस्थित स्कुल भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिलाउन १ लाख ५० हजार घुससहित उनी पक्राउ परेका हुन् । भगतले चौधरीलाई अघि सारेर घुस लिने गरेको खुलेको छ । भगत र चौधरीलाई शिक्षा तथा समन्वय इकाई काभ्रेबाट नियन्त्रणमा लिइएको हो ।


Your Views
Related News