काठमाडौँ, १२ भदौ । अदालतमा विचाराधिक मुद्दा खेपिरहेका चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने अब मुद्दाको किनारा नलाग्दा सम्म विदेश भ्रमण जान नपाउने भएका छन् । तर उनले कालिकोटमा निर्माण गर्न लागेको अस्पतालका लागि भने विदेशवाट सहयोग आउने क्रम जारी छ । रवि लामिछाने फाउण्डेशनले कालीकोटमा अस्पताल निर्माण गर्न लागेको हो । विदेशमा आयोजना गरीने कार्यक्रममा रकम संकलन गरेर अस्पतालका लागि सहयोग पठाउने गरिएको छ । यो वर्षको तीजको अवसरमा पनि विभिन्न मुलुकमा कार्यक्रम आयोजना हुने भएका छन् । तर अदालतको आदेशका कारण रवि भने ति कार्यक्रममा सहभागी हुन जान पाउने छैनन् ।


यसैबिच गैर आवासिय नेपाली संघको संयोजकत्वमा इजरायलमा रहेका झापालीहरुले तीज महोत्सव आयोजना गरेर आर्थिक संकलन गर्ने भएको छ । इनआरएनएको संयोजकत्वमा हुने कार्यक्रमको मुख्य आयोजक भने झापाली समाज इजरायलले हो । झापाली समाज इजरायलको मुख्य आयोजनामा “तीज महोत्सव २०७६” को आयोजना गर्न लागेको सो संस्थाले जनाएको छ । ।


झापाली समाजका महासचिव खेमराज जमरकट्टेलका अनुसार अगष्ट ३० तारिख शुक्रबार तेलअभिवको तेलअभिव युनिर्भसिटीमा कार्यक्रमको आयोजना गरिने भएको छ । आयोजकले सो कार्यक्रमलाई भब्य बनाउन इजरायलमा रहने सबै नेपालीहरुलाइ आह्वान गरेको छ । कार्यक्रमका लागि चर्चित गायक गायिकाहरु प्रमोद खरेल, हिमाल सागर, गायक तथा संगितकार चेतन साप्कोटा चर्चित गायिका टिका प्रसाई र शान्तिश्री परियार इजरायल आज त्रिभुवन बिमानस्थलबाट उडी सकेका छन् ।

कार्यक्रमलाई ब्यबस्थित र मर्यादित बनाउन इजरायलमा स्थापित करिव १८ वटा संघसस्थाहरूको समन्वयमा प्रतिनिधि खटाइने आयोजकले जनाएका छन् । २०१५ सालमा रोजगारिका लागी झापाबाट इजरायलमा कार्यरत झापालीहरूको सक्रियतामा स्थापित झापाली समाज इजरायलले मुख्य आयोजक भापाली समाज इजरायलले कार्यक्रम संयोजकको रूपमा शान्ता ज्ञावालीलाइ जिम्मेवारी दिएको छ ।

मुख्य आयोजक झापाली समाज इजरायलको सक्रियतामा आयोजित तिज महोत्सवमा आयोजक सस्थाहरू चितवन समाज इजरायल, भोजपुर समाज इजरायल, पर्वत समाज इजरायल, रुपन्देही सेवा समाज इजरायल, नारीका लागी नारी एक करोड एक रुपैया अक्षयकोष, प्रवासी सृजनशील महिला समूह इजरायल, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल, सहयोगी मनहरुको समाज इजरायल रहेका छन् ।

त्यस्तै इजरायल गोर्खा एसोशिएशन, हिन्दु जागरण अभियान इजरायल, ओम जन जागरण इजरायल, विश्व नेपाली साहित्य महासंघ शाखा इजरायल, अन्तराष्ट्रीय नेपाली साहित्य समाज इजरायल, साहित्य चौतारी नेपाल इजरायल, प्नवासी नागरिक समाज इजरायल, मुक्तक प्रतिष्ठान इजरायल, अन्तराष्ट्रीय कलाकार समाज इजरायल, राष्ट्रीय तामाङ घेदुङ इजरायल रहेका छन् ।


Your Views
Related News