पछिल्लो समय सर्वाधिक रोजाईमा परेको हाँस्य टेलि श्रिङ्खला भद्रगोल लग् भग सधैँका लागी बन्द हुने अवस्थामा छ भन्दा अत्यन्त दुख लागेको छ,यदि आँफुले जन्माएको सन्तानमा नै आफ्नु अधिकार हुँदैन भने हामीलाई कस्तो महसुस हुन्छ होला ? हामि कल्पना मात्र पनि गर्न सक्दैनौ l

त्यस्तै आज यो देशका जुजारु,र सबैका प्रिय कलाकारहरुले त्यहि पिढा भोगी रहेछन,तपाई हाँमीलाई पेट मिची मिची हँसाउने भद्रगोल र तिनका पात्रहरु लाई हाँस्न मुस्किल परिरहेको छ भन्नु पर्दा दुखि नहुने कुरै भएन l
तपाई हामीलाई थाह छनि है, आँफु हाँस्न बिर्सिएको बेला अरुलाई हँसाउन कति गाह्रो हुन्छ भन्ने कुरा !!

अझै पनि प्रिय दाजु Shom Prasad Dhital मिडिया हव परिवार र भद्रगोल परिवारलाई लाई आम दर्शक र कलाकारको भावना र मर्म लाई कदर गरी समस्याको समाधान गर्नुहुन बिनम्रता पुर्वक आग्रह गर्न चाहन्छु l

तर समाधानका निमित्त हुनुपर्ने ग्रिहकार्य भई सकेको हो र अर्को तयारीको विकल्प नरहेको अवस्था हो भने,तुरुन्त नाम परिवर्तन गरेरै भए पनि यो टिम अघि बढोस् भन्ने आग्रह गर्न चाहन्छु l
नाम ठुलो कुरा होइन,तपाई हरुको कलाकारितामा हुने मेहनत प्रमुख कुरा हो,तपाईहरुलाई टेलिभिजन,युटुबमा हेर्न दर्शक व्यग्र प्रतिक्षामा छन्,चाँडै नयाँ जोस् जाँगर सहित यो टिम लाई टेलिभिजन,युटुबमा देख्न पाइने छ भन्ने विश्वासका साथ अघ्रिम शुभकामना ब्यत गर्दछु |


Your Views
Related News