काठमाडौं पूर्व सभासद् डीबी कार्कीले एक लाख रुपैयाँ घुस लिएको ठहर भएको छ । सर्वाेच्च अदालतले मंगलबार कार्कीलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको हो। सर्वाेच्चका न्यायाधीश दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले कार्कीलाई जेल सजायको फैसला सुनाएको हो । कार्कीले प्रहरी निरीक्षक भर्ना गरिदिन प्रलोभन देखाई एक लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो ।
लमजुङ घर भएका कार्की एमालेबाट समानुपातिक सांसद बनेका थिए ।यसअघि विशेष अदालतले पनि कार्कीले भ्रष्टाचार गरेको ठहर गरेको थियो । विशेष अदालतले ६ महिना कैद र एकलाख जरिवाना सजाय गर्नेगरी फैसला गरेको थियो। सर्वाेच्चले सोही फैसला लाई नै सदर गरेको छ ।


Your Views
Related News