काठमाडौँ । हिजो आज एउटा भिडियो सामाजिक संजालमा निक्कै भाइरल भइरहेको छ । उक्त भिडियोमा मोटरसाइकलमा सवार एक लुटेराले सडकमा हिडी रहेकी महिलाको गलाको सुनको सिक्री लुछेर भाग्न खोज्छ । तर ति चलाख महिलाले आफ्नो सुन लुछेको पत्तो पाउने बित्तिकै ति लुटेराको हात पक्री हाल्छिन । सुन लुछेर भाग्न खोजेको लुटेरालाई ति महिलाले पक्रेर मोटरसाइकलबाट पछार्छिन। त्यसो गर्नमा उनि संगै रहेकी युवतीले पनि सहयोग गरिन । त्यतिकैमा अन्य बटुवाले उनको सहयोग गर्छन र चोरलाई कु*टपिट गर्न थाल्छन ।

यो भिडियो भारतको हो । तर कुन क्षेत्रमा घटेको हो भन्ने भने खुल्नमा आएको छैन । भिडियो हेरेपछि ति महिलाको सबैले प्रसंसा गरिरहेका छन । सामान्य महिला रोएर बस्थे भने ति महिलाले एक सेकेन्ड पनि खेर नफाली लुटेरालाई पक्रेर सामाख सिकाएकी छन ।

भिडियो हेर्नुहोस ।https://youtu.be/Myl8Y-2-E9A


Your Views
Related News