काठमाडौँ, २५ भदौ । अन्ततः गायनमा अत्यन्तै रुची भएकी भाइरल रानू मंडलको सपना साकार भएको छ । हिमेश रेशमियासंग उनले पहिलो पटक रेकर्ड गराएको गीत ‘तेरी मेरी कहानी’ को टीजर सार्वजनिक भएको छ ।
यो गीत सपनाको वास्तविकतालाई बदल्ने कथामा आधारित रहेको छ । यो गीतले रानूको वास्तविक जीवन कथालाई दर्शाएको छ । आगामी फिल्म हैप्पी, हार्डी एण्ड हीरको ट्रयाकमा रानुको यो पहिलो बलिउड गीत हो ।
‘तेरी मेरी कहानी’ को टिजरमा रानुको भाइरल भिडियोका क्लिपको साथमा हिमेशको गीतको रेर्कडिङ र फिल्मको सीन देखाइएको छ । यसमा सोनिया मान पनि छन् ।
टिजर हेर्नुहोस्-https://youtu.be/BotEnB0tLz8