काठमाडौं, २६ भदौ । सुवर्ण थापाको निर्देशनमा बन्न लागेको नेपालि कथानक चलचित्र ‘राम राम’बाट अभिनेता सौगात मल्ल निस्केका छन् ।

तिहारबाट फ्लोरमा जाने तय भएपनि सिनेमाको स्क्रिप्टले अन्तिम रूप पाउन नसकेपछि सौगातले पैसा फिर्ता गर्दै बाहिरिएका हुन् ।

यता निर्देशक थापाले पनि सौगातले पैसा फिर्ता गरेको स्वीकार गरेका छन् ।

‘हाम्रो स्क्रिप्ट लक हुन सकेको छैन । सौगातजीले अरू सिनेमामा समय दिनुपर्ने भएकाले पैसा फिर्ता गर्नुभएको हो’, उनले भने, ‘तर यहाँ अर्कै कारणले भन्ने हल्ला चलेछ । मेरो पहिलो रोजाइ सौगात नै हुन्, अन्य विकल्पको बारेमा सोचेको छैन । समय नमिलेमा मात्र विकल्पका बारेमा सोच्नेछु ।’


Your Views
Related News