काठमाडौं । करिब १२ वर्षदेखि राजनीति विटलाई फोकस गरी पत्रकारितामा जमिरहेका राजु थापाको टु दी प्वाइन्ट न्यूज २४ टेलिभिजनबाट यही साताको बुधबारदेखि सञ्चालनमा आउने भएको छ । तिखो र तीतो लाग्छ थापाका प्रश्नहरु धेरै नेताहरुलाई । उनको प्रश्न र जिज्ञासामा जनताको भावना मुखरित हुन्छ , त्यसैले राजुको प्रस्तुति सटिक र आकर्षक बन्ने गर्दै आएको छ । उनले न्युज २४ मा जोडिएर सुरु गर्न लागेको कार्यक्रम टु दी प्वाइन्टमा पनि यसैको निरन्तरता रहने छ । जनताको स्तरमा रहेर जनताको प्रश्न, चाँसो भष्ट्राचार विरुद्धको जस्ता विषयमा प्रश्न उठाउने उद्देश्यले ल्याउन लागिएको यो कार्यक्रमको विषयमा रहेर थापासंग गरेको कुराकानीटु दी प्जाइन्ट कस्तो खालको कार्यक्रम हो ?
साप्ताहिक कार्यक्रम रुपमा विषेश गरी देशको राजनीतिक विषयमा केन्द्रित हुने कार्यक्रम हो । जनताको चाँसो रहेको विषय र प्रश्नको सम्बोधन गर्ने हिसाबले टु दी प्वाइन्ट भन्ने कार्यक्रम ल्याईको हो । यस्को केन्द्र भनेको नै जनता हो । जनताले चाहेको,चाँसो, जनताले जे कुरोका जवाफ खोजेको हुन्छ, यो समसामयिक विषयमा प्रश्नहरु उठाइन्छ । प्रत्येक साताको बुधबार ८.५० मा सुरु हुने सो कार्यक्रममा कुनै विषयमा पुर्वाग्रह नराखी प्रश्न राख्ने कार्यक्रम भनेर बुझ्दा हुन्छ ।सञ्चारकर्मीहरुले समस्या उठाउछन् र त्यो त्यतिकै सेलाउछ भन्ने आरोप छ, टु दी प्वाइन्टले यो कुराको परिपूर्ति गर्छ त ?
यो कार्यक्रम नै जनताको कार्यक्रम भएकोले जनताको आवाज पुर्याउने काम यस कार्यक्रमले गर्ने हो । एक हिसाबले भन्ने हो भने यो कार्यक्रम आवाजविहीनहरुको आवाज हो, खबरदारी हो । जिम्मेवार पदमा बसेकाहरुलाई जवाफदेही बनाउने कार्यक्रम हो । यसमा अझ कार्यक्रमको नाम नै टु दी प्वाइन्ट नाम नै काफी छ । प्वाइन्टमा बसेका कुरा गर्ने तोडमोडलाई मान्दै नमान्ने भन्ने खालको कार्यक्रम हो । हप्ताभरि भएका ताजा विषयमा हार्ड टक सो को रुपमा यो कार्यक्रम लिन सकिन्छ । जनताको चासोको प्रश्नको जवाफ खोज्छौ । सम्भवत जनताको प्रश्नको प्यास यसबाट मेटिन्छ होला ।
त्यसो त तपाईले यस भन्दा पहिले पनि राजनीतिक कार्यक्रम चलाउनु भएको थियो, तपाईको कार्यक्रमको प्रतीक्षामा रहनुभएकोहरुले दर्शक श्रोताले पहिलाको कार्यक्रम र अहिलेको कार्यक्रममा के फरक पाउनुहुन्छ त ?
पहिला कार्यक्रम चलाउँदा कतिपय अवस्थामा बाँधिएर जनताको प्रश्नहरु उठाउन नसकेको अवस्था थियो । एउटा चल्लालाई उड भनेर पखेटा बाँधिएको अवस्था थियो भने अब म स्वतन्त्र तरिकाले जनताको समस्याको बीचमा रहेर समाधान सहितको कार्यक्रम लिएर आएको छु, यो नै एउटा फरक पाटो हो । अब पहिलाको भन्दा क्रियाशील भएर, जनताको कुरा खुल्ला ढङ्गले राख्ने छु । सम्बन्धित पक्षलाई वेथितिको विरुद्ध लाग्न सक्ने छु । जनताको निकट भएर काम गर्ने छु । जनताको आवाज बुलन्द गर्ने क्रममा सहजता हुने छ । साच्चै जनताले यो आफ्नै कार्यक्रम हो भन्ने जनताले महसुस गर्ने छ । हामीले कार्यक्रमको मोटो जस्तो बनाएको छौ, देखावटी प्रश्न र बनावटी उत्तर होइन जनताको वास्तविक मुद्धामा केन्द्रित तथ्यपरक जवाफमा केन्द्रितको अपेक्षा गर्दैनौँ भन्ने मोटो बनाएको छौ । जस्ले पनि स्पष्ट हुन्छ ।
प्रश्न गरेकै आधारमा जागिरबाट निष्काशित भएको मान्छे जनताको आवाज उठाउनको लागि विशेष कस्ता खालका योजना छन् ?
जहाँ जनता खुसी हुन्छन्, त्यही खुसी हुन्छु, जनताको विरुद्धमा काम गर्नेहरुको विरुद्धमा लाग्ने छु । म जनताको सेवक भएर काम गर्ने योजनाका साथ अआएको छु । मेरो आग्रह वा पुर्वाग्रह कसैप्रति छैन । म स्वतन्त्र भएर जनताको काम गर्नको लागि आएको मानिस भएर काम गर्ने छु । पूर्णत निष्पक्ष ढङ्गबाट ।कतिपय जनताको काम गर्न आएका मानिहरु नै पलायन भएका उदाहरणहरु छन् नि, त्यस्तो अवस्थालाई कसरी ह्यान्डिल गर्नुहुन्छ ?
प्रेस स्वतन्त्रताको अवस्था खुम्चदो मात्र नभइ नियन्त्रित पारिने अवस्था छ, कुनै विषयमा जवाफदेही हुनु नपरोस भन्नेको जमात छ मुलुकमा अहिले । जनताको जवाफलाई आलटाल गरिने अवस्था छ । तर म जनताको लागि लड्छु भन्ने आत्मविश्वासका साथ आएको छु । प्रतिकुलतासंग भाग्ने होइन लड्छु भन्ने उद्देश्यका साथ आएको छु ।


Your Views
Related News