काठमाडौं, २६ भदौं । बहुविवादित रहेको नागरिकता बिद्ययकबारे सरकारले आफ्नो स्पष्ट धारणा अघि सार्दै तत्कालका लागि विदेशी ज्वाइँलाई नागरिकता दिने निर्णय गर्न नसकिने धारणा राखेको छ ।

नागरिकता विधेयकमाथि छलफल गरिरहेको राज्य व्यवस्था तथा सुशासन समितिमा विदेशी ज्वाइँको नागरिकताबारे बहस भइरहेको छ ।

नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँत बिहे गर्दा नागरिकता नपाउने व्यवस्था विभेदकारी भएको भन्दै महिला सांसदहरुले भने यसको बिरोध गरिरहेका छन् ।


Your Views
Related News