चर्चित अभिनेत्री तथा तत्कालिन नयाँ शक्ति, पार्टी नेपालकी केन्द्रिय सदस्य करिश्मा मानन्धरले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् । बाबुराम भट्टराईसँग राजनीतिक सम्बन्ध अन्त्य गरेकी करिश्माले अन्ततः बाबुरामकै पूराना सहयात्री प्रचण्डसँग सम्बन्ध विस्तार गरेकी छिन् । नयाँ शक्तिमा सुरुवातदेखि नै लागेकी करिश्माको राजनीतिक मोह त्यतिवेला भंग भयो, जतिवेला उनले नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकता भएर गठन भएको नयाँ पार्टी समाजवादी पार्टी, नेपालमा कुनै भूमिका पाईनन् ।

बाबुरामले पनि करिश्मालाई जिम्मेवारी दिलाउन मरिहत्ते गरेनन । त्यही भएर मानन्धर बाबुरामसँग चिढिएको कुरापनि बाहिर आएको थियो । तर, बाबुरामले भने करिश्माले साथ छोडेकोमा कुनै पछुतो मानेका छैनन । बरु, खुशी नै व्यक्त गरेका छन् । हालैमात्रै एसईई उत्तिर्ण भएकी नायिका करिश्माको धोको भनेको मास्टर्सदेखि पिएचडी गर्नेसम्मको रहेको छ । उनी पूनः राजनीतिमा सक्रिय हुनेछिन । प्रचण्डसँगको भेटवार्तापछि करिश्मा नेकपामा प्रवेश गर्ने निश्चित प्रायः भएको स्रोतको दाबी छ ।


Your Views
Related News