वि.सं.२०७६ साल भाद्र २७ गते । शुक्रबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । तिथि चतुर्दशी,०२ घडी ०४ पला,बिहान ०६ बजेर ३८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र शतभिषा,३५ घडी ५४ पला,बेलुकी ०८ बजेर १० मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग धृति,४० घडी ०४ पला,बेलुकी ०९ बजेर ४९ मिनेट उप्रान्त शूल । करण वणिज,बिहान ०६ बजेर ३८ मिनेट उप्रान्त भद्रा,बेलुकी ०७ बजेर ३९ मिनेट उप्रान्त बव । आनन्दादिमा सौम्य योग । चन्द्रराशि कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०९ मिनेट । दिनमान ३० घडी ५४ पला । पञ्चक। कुमारी इन्द्रजात्रा। स्वाँछाय्। लड्कु ढँडार मष्टोपूजा। पूर्णिमा व्रत। सदगुरु श्री देवचन्द्र महाराजको धामगमन।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

काम गर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानि हुँने ठाउँमा सत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रको फल अरुलेनै हत्याउँन कोषिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुभाईहरुको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिशिष्ट व्याक्तिहरु सँग सन्तुलित व्यावहार गर्नुहोला सामान्य बिवाद हुँन सक्छ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । व्यापारमा प्रशस्त समय दिएमात्र आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समाजमा तारिफयोग्य काम गरि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहर सुचारु हुनेछन् भने नयाँ काममा हाता हाल्न सकिने समय रहेकोछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा उपश्थिति जनाई समयमा काम लिन सकिनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

नयाँ ठाउमा गएर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्यमा समस्या देखिन सक्छ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना भई नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता हुनसक्छ । भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सकिने भएपनि जस नपाईने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय कुर्नुनै राम्रो हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन् । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुँनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घरपरिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अल्छी गर्ने बानिले महत्वपुर्ण कामहरु सम्पादन गर्न मुस्किल हुनेछ । समयको ख्याल नगर्दा परिस्थितिले नसोचेको बाटो लिन सक्छ ध्यान दिनुहोला । आर्थिक मुद्दामा आफन्त तथा सहयोगी सँग मनमटाबको सिर्जना हुनेछ भने आम्दानिका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा लगानि गर्ने अवसर आएपनि समयले साथ नदिदा घाटा लाग्नेछ । दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद गर्नु पर्दा मानशिक तनाब बढ्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

प्रतिभाको उच्च मुल्यांकन हुँनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

०००

यो पनि

साप्ताहिक राशिफल हेर्नुहोस – भाद्र २२ गते आईतबारदेखी भाद्र २८ गते शनिबारसम्मको

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । बिहीबारबाट समय मध्ययम रहेकोले पुराना बाकी रहेका रुपैया पैसा नउठ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो पर्नेछ । आफन्त तथा दाजुभाईहरुले असयोग गर्नेछन् भने माया प्रेममा मनमुटाब सिर्जना हुनेछ । सरकारि स्रोत तथा पैत्रिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

साताको सुरु र अन्तको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ । सोमबार बेलुकीबाट बुधबारसम्मको समय राम्रो रहेकोले लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले मनपरेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवनसाथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार तथा व्यावसाय बिश्तारको सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । घर परिवार तथा आफन्तहरुको सहयोगमा महत्वपुर्ण तथा सकारात्मक कामहरु अगाडि बढाउँन सकिने समय रहेकोछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ भने आथित्यपुर्ण सम्मान प्राईने हुँदा मन प्रशन्न हुनेछ । नयाँ सोच तथा नबिन बिचार आउँने हुँनाले बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुनेछ । मंगलबारबाट समय मध्ययम रहेकोले संकट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

साता राम्रो रहेकोले शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

साताको सुरु र अन्तको समय मध्ययम रहेकोले समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ । सोमबार बेलुकीबाट बुधबारसम्मको समय राम्रो रहेकोले तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै सस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ । चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा निजिक भई भावना साटासाट गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यावसाय तथा उद्योगमा लगानि गरि आम्दानि बढाउन सकिनेछ भने व्यावसायकै सन्द्रर्भमा छोटो दुरिको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछ । आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिनले साथ दिनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिहीबारबाट समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा खानपान तथा बाहिरि वाताबरणको ख्याल गर्नुहोला । समाजसेवामा समय खर्चने हरुले जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । आफन्त तथा ईष्टमित्र तथा अग्रज सँग टाडिएर कहिकतै जानु पर्दा मन खिन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । साताको अन्ततिर आफन्त,छिमेकी तथा दाजुभाई सँग साना तथा घरायसि कुरामा राज बाजिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँनेछ छैनन भने विवादमा सामेल नहुनु होला । खेलकुद क्षेत्रमा सहभागि हुनेहरुका लागि समय मध्ययम रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

गित संगीत तथा मोडलिङ पेशा व्यावसायमा समय दिनेहरुले चित्तबुझ्दो आम्दानि गर्न सक्नेछन् । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज तथा राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् । साताको सुरुमा आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला । समस्या पर्दा सहयोग गर्नेहरु कमै भेटिनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुँने हुँदा पद प्राप्तिको योग रहेकोछ । सरकारि धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ । उच्च मनोबलका साथ काम गर्न सकिने हुँदा ईच्छा आकाक्षा तथा मनोकामना पुरा हुँने समय रहेकोछ । मंगलबार र बुधबार समय मध्ययम रहेकोले कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ । आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ । बिहीबारबाट खर्च भावमा गोचर गर्ने चन्द्रमाले गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ ।

तपाईको दिन शुभ रहोस ।

ज्योतिषी तारानाथ भण्डारी ।


Your Views
Related News