वेदेन्द्रशम्शेर जंगबहादुर राणा । अति कम मानिसले मात्र सुनेको हुनुपर्छ यो नाम । तर उनको छोटो नाम ‘बीएस राणा ’ चाँही नेपाली फिल्ममा चासो राख्नेहरुले सुनैकै हुनुपर्छ । उनै अभिनेता बीएस राणाको गत माघ १८ गते निधन भयो । एक शब्दमा भन्नुपर्दा बीएस राणाको गुमनाम निधन ।बीएस राणाको दुखद पक्ष के रह्यो भने समयमा नै उपचार हुन नसकेका कारण उनको निधन चाँडै भयो । र, अर्को दुखद पक्ष के पनि रह्यो भने उनको निधनपछि सदगद गर्न आवश्यक कात्रो खरिद गर्ने रकम समेत उनको परि वारसँग बाँकी थिएन ।

कलाकर्मीहरुले चन्दा उठाएर उनको १३ दिने कर्मकाण्ड पुरा गरिदिए । एकसय जति ठूलो पर्दा र केही चर्चित सानो पर्दाका महसुर अभिनेताको यस किसिमको दुखद निधनले सुन्ने र भोग्नेहरुलाई नमज्जाले दुखायो ।बीएस राणाले अभिनय गरेको पहिलो चलचित्र हो, ‘अन्याय’ । ४० को दशकबाट सुरु भएको उनको फिल्मी यात्रा उदाहरणीय थियो । उनले झण्डै १ सय फिल्ममा अभिनय गरिसक्दा उनी एउटा कोणबाट अतुलनीय कलाकारको कोटीमा दरिए । धेरैले उनलाई हलिउड स्टाइलको अभिनेता भनेर पनि चिन्दथे । उन ले अभिनय गरेका सिरियलमध्ये मुक्ति सवैभन्दा उदाहरणीय मानिन्छ ।

कोसेली, बसन्ती, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, दक्षिणा, सेतो बाघ, करोडपति, दर्पण छाया २, हवल्दार सुन्तली आदि फिल्ममा उनको अभिनय देख्न पाईन्छ बहुआयामीक व्यक्तिको गुमनाम तरिकाले निधन हुनु अत्यन्तै दुखद् कुरा हो । एउटा महान क लाकारको मृत्युलाई यसरी गुमनाम बनाउँदै जाने हो भने, चल्तीका वा बरिष्ठ हुँ भनेर नाक फुलाउनेहरुले यति हदसम्मको असामाजिक चरित्र प्रदर्शन गर्दै जाने हो भने भावी पुस्ता इन्ट्रि हुनुपूर्व नै वितृष्णाको शिकार बन्न सक्छ । आशा गरौं, बीएसको गुमनाम निधन ले कलाकर्मीको आँखा खुल्नेछ ?


Your Views
Related News