राजधानीका तीन स्थानमा सञ्चालन भइरहेको मनसुन मोबाइल मेलामा एसईईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न पाउने भएका छन् । एसईईको परीक्षाफल सार्वजनिक भएको अवसर पारेर मोबाइलसँगै ल्यापटप किस्ताबन्दीमा उपलब्ध गराउने अफर ल्याइएकाे हाे ।चावहिल चुच्चेपाटीस्थित केएल मोबाइल हब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तलामा रहेको एप्पल वर्ल्ड मोबाइल तथा सीटीसी मल सुन्धाराको भुइँ तलामा रहेको सीटीसी मोबाइल हबमा जारी मोबाइल मेलामा एसईईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न सक्नेछन् ।एसईई परीक्षार्थीले नुबिया जेट मिनी १७, जेट १७ मिनी एस, जेट १७ लाइट, नुबिया भी १८लगायत मोडलका मोबाइलमा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, सामसुङ, हुवावे, भिभो, ओप्पो, अनर, एमआई, एप्पल, रियल मी, वान प्लसलगायत ब्रान्डका विभिन्न मोडलका मोबाइलमा पनि ५ देखि ४० प्रतिशतसम्म छुट पाइनेछ ।परीक्षार्थीले किस्ताबन्दीमा विभिन्न ब्रान्ड तथा मोडलका मोबाइल समेत खरिद गर्न सक्नेछन् । एसईईका परीक्षार्थीलाई लक्षित गर्दै मोबाइल मेलाको अवधि थप गरिएको छ । मेला असार मसान्तसम्म चल्नेछ ।
यसका साथै हरेक मोबाइल किन्दा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लान र १ लाखबराबरको जीवन बिमा निःशुल्क पाउनेछन् । साथै सिनेमा टिकटलगायतका अफर राखिएको छ । ६ सय ५० रुपैयाँमा किप्याड मोबाइल किन्दा पनि उल्लिखित अफरमा सहभागी हुन सकिन्छ ।मेलामा जुनसुकै ब्रान्डका मोबाइल शून्य प्रतिशत ब्याजदरमा शून्य प्रतिशत डाउन पेमेन्टमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने व्यवस्था पनि मिलाइएको छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा पनि पाइनेछ ।मोबाइलको खरिदमा हात खाली नजाने आकर्षक उपहारसमेतकाे व्यवथा गरिएको छ । साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल वितरण गरिनेछ ।


Your Views
Related News