काभ्रे– गुन्डागर्दीमा सक्रिय काभ्रेका सत्यमान लामालाई प्रहरीले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको छ । काभ्रेको तिमाल ६ नारायणस्थानमा भूकम्पपीडितका लागि आएको १ करोड ७५ लाख ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।ठगी गरेको आरोपमा लामा पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले पुष्टि गरे । यसअघि पनि लामा ठगी गरेकै आरोपमा पटक–पटक पक्राउ परेका थिए ।ताइवानको संस्था ‘वल्र्ड विथ आउट सफरिङ’बाट रकम लिएर उनले काम गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
तर, विस्तृत अनुसन्धानका लागि अख्यितारले महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुलाई पत्राचार गरेको थियो । अनुसन्धानका क्रममा लामाको बैंक खातामा पैसाको कारोबार देखिएको थियो ।पीडितका अनुसार लामाले रकम लिइसके पनि हस्पिटलको जग समेत हालिएको छैन । लामा अर्का गुण्डा नाइके दावा लामाका सहयोगी समेत हुन् ।उनी बोदिचित्तको व्यापार समेत गर्छन् । उनको नाम रक्तचन्दन तस्करी पनि मुछिएको थियो ।


Your Views
Related News