ऋषि धमला नेपालका निकै चर्चित पत्रकार हुन् । उनले सञ्चार क्षेत्रमा आफ्नो निकै राम्रो पहिचान बनाएका छन् । ऋषि धमलालाई नचिन्ने सायद कोही पनि छैनन् होला । उनले बोल्ने गरेका संवाद पनि लगभग सबैलाई थाहा हुन्छ । त्यस्तै ऋषि धमलाकी श्रीमती एलिजा गौतम पनि पछिल्लो समयमा निकै चर्चित बन्दै गइरहेकी छिन् । केहीसमय अघि उनको अनुराग नामक चलचित्र प्रदर्शनमा आएको थियो । विडम्बना उक्त चलचित्रलाई दर्शकले त्यति रुचाएनन् । ऋषि धमलाका एक छोरी छिन् ।ऋषि धमलाकी छोरीको एउटा हात नै छैन ।

उनी सानी छिन् तर उनको एउटा हात आधामात्र छ । ऋषि धमलाकी छोरी निकै नै प्यारी छिन् । उनी निकै बाठी पनि छिन् । ऋषि धमलाकी श्रीमती आफ्नी छोरीको त्यस्तो हात देख्दा भावुक भएर रुने पनि गर्छिन् ।ऋषि धमला रिपोर्टर्स क्लबका अध्यक्ष र पत्रकारको परिचय मात्रैमा सीमित छैनन् । उनी एक सेलिव्रेटी पनि हुन् । निरन्तर उही रफतारमा खटने सक्ने धमला जति अरु सायद नेपालमा कोही पत्रकार छैनन् । बिहान ५ बजे देखी बेलुका ११ बजेसम्म समाचारका लागि उनी निरन्तर खटिरहेका हुन्छन, अरु पत्रकारका लागि सवैभन्दा लोभलाग्दो पक्ष पनि यही नै हो ।

सिंहदरवार देखि शितल निवास, बालुवाटारदेखि बल्खु, सानेपा, पेरिसडाँडा जता पनि जान भ्याउने उनी नै हुन् ।काठमाडौंमा एउटा तप्का छ, जो उनलाई मन पराउँदैन । तर नेपालमा उनका फ्यानहरु धेरै छन् । ऋषिलाई भेटन पाए मात्रै भाग्य चम्किन्छ भन्ने पनि यही नेपालमा छन् ।यसरी निरन्तर खटिरहने उनै धमलालाई एक दिन प्रचण्डले ‘हुँदै नहुने माया बैगुनी’ भन्दै ब्यंग्य पनि गरे । उनले बोलाएपछि नआउने र उनले खोजेपछि नमिल्ने नेपालमा कुनै नेता छैनन् । उनी जसलाई पनि एउटा कुरा भन्छन, ‘तपाई पार्टीको प्रभावशाली नेता हुनुहुन्छ, तपाईंले एउटा कुरा बोल्दा देशले निकास पाउन सक्छ…. आदि / इत्यादि ।

बास्तवमा ऋषिको अर्को एउटा राम्रो गुण पनि छ, उनी हत्पति कसैसँग रिसाउँदैनन, न त कसैसँग पूर्वाग्राही नै हुन्छन् । यदि कसैले गा ली गर्‍यो, आलोचना गर्‍यो भने मुसुक्क हाँसेर टारिदिन्छन् । तर, जवाफै भने फर्काउँदैनन । उनी सबैका लागि सहज पनि छन् ।‘ठूलो मानिस भएपछि अर्थात सेलीब्रेटी भएपछि’ स्वाभाविक रुपमा आलोचना र समर्थन हुन्छ, किनकी ऊ सार्वजनिक मान्छे हो । त्यसैले होला, उनका बारेमा धेरै किस्साहरु बनेका छन, नेपालका पत्रकारिता क्षेत्रमा । जसले पनि उनी कति ब्याप्त छन् र कति चर्चित छन् भन्ने देखाउँछ ।

आज उनै धमलाका बारेमा बुनिएका किस्साहरु यहाँ उल्लेख छन् । यसमा सत्यता हुनै पर्छ भन्ने छैन किनकी किस्साहरु सबै सत्य हुँदैनन्, बनाइएका हुन्छन अर्थात त्यसमा थपथाप पारिएका हुन्छन ।पहिलो किस्सा– पुर्व राष्ट्रपतिका प्रेस सल्लाहकार रहेका राजेन्द्र दाहाल दशैमा टिका लगाउन गाउँ गएका थिए रे । मुलुकका प्रमुख राष्ट्रपतिका प्रेस सल्लाहकार कम सानो पद होइन, र गर्बको कुरा पनि हो त्यो पद आफैमा । तर, दाहालकी आमाले टिका निधारमा लगाउँदै राजेन्द्र दाईलाई भनिन रे, ‘छोरा ऋषि धमला जस्तै ठूलो पत्रकार बन्नु र राम्रो गर्नु है !’ त्यसपछि राजेन्द्र दाई फ्ल्याट ।

दोस्रो किस्सा– एक दिन ऋषिजी चितवन नारायणगढ गएका थिए रे ! पुल्चोक भन्दा एक किलोमिटर परको होटेलमा बास बसेछन् । बिहान सातै बजे, पुल्चोक नजिक कार्यक्रम राखिएको थियो । तर, समयमा ऋषि आएनन् । उनलाई फोन गरियो, जतिखेर पनि ‘आउँदैछु’ भन्ने जवाफ मात्र आउने ।आयोजकलाई हैरान !एक छिन पछि ऋषिको ड्राइभरले गाडी ल्यायो । तर, गाडीमा भने ऋषि छैनन् ।‘खोइ त ऋषि ?’ भनेर ड्राईभरलाई सोधियो । उनले जवाफ दिए, ‘मलाई जानु भन्नुभयो तर उहाँ आउनु भएन’ लौ फसाद !दाह्री नकाटी हिँड्ने ऋषिको बानी छैन ।

यो कुरा थाहा पाएकाले दाह्री काटदै होलान भनेर चित्त पनि वुझाए ।यता बाट फोन गएको गएकै, उतावाट जतिखेर पनि ‘आउँदैछु’ भन्ने जवाफ आएको आउँछ । तर, आउने चाँहि कहिल्यै होइन् ।असाध्यै गर्यो भनेर एकजना मानिस ऋषिलाई लिन गए । तर, जब ऋषिलाई देखे, तब उ दंग मात्रै परेन, तीन छक नै खायो । कुरा के रहेछ भने, ऋषि त पैदलै होटल देखि नै हिँडेर कार्यक्रमस्थल तिर आइरहेका रहेछन् । बाटोमा त ‘नमस्कार ! नमस्कार !!’ गर्दै हिडिरहेका रहेछन । बाटोमा फलफुल बेच्ने, रिक्सा चलाउने, ठेला ठेल्ने मात्रै होइन, बाटोमा भेटिएका सबै ‘ओ हो ! ऋषि दाई’ भन्दै बोलाउँदा रहेछन, ऋषि मुसुक्क हाँसेर ‘ठीक ठीक छ’ भन्दै हात हल्लाउँदा पो रहेछन् । हे भगवान !!!

तेस्रो किस्सा– डिल्लीबजारमा रहेको ध्रुवको पुस्तक पसलमा ऋषि पत्रिका हेर्न जाने, सबै पत्रिका हेर्ने तर किन्ने बेला चाँही अंग्रेजी ‘न्युज विक’ किन्ने । अंग्रेजी जान्दै नजान्ने ऋषिले’ न्युज विक’ किनेको देखेर एकजना अंग्रेजीका धुरन्धर राजिब आचार्यले केही दिन त त्यो दृश्य हेरिरहे र चुपचाप नै बसे । तर, सद्यै न्युज विक, त्यो नभए अर्को अंग्रेजी पत्रिका किनेको देखेर उनलाई पनि झोंक चलेछ र एक दिन सोधेछन्– ‘ओहो ऋषि तँ एबीसीडी त जान्दछस् नि !’ऋषिले पनि ‘न्युज विक’ पछाडि खल्तिमा हाल्दै भनेछन, ‘सानो एबिसीडी सोधेको कि ठूलो एबीसीडी ? जुन सोध त्यही फर्रर्र भनिदिन्छु !’

चौथो किस्सा– माधव नेपाल प्रधानमन्त्री भए लगत्तै भारत भ्रमणमा निस्किए । र, सँगसँगै ऋषि पनि गएका थिए । दिल्लीवाट पत्रकारलाई फोन गरेर समाचार दिने उनै थिए, उनी कसैलाई पनि भेदभाव पनि गर्दैनन् र मागे पछि दिन मिल्ने जति समाचार दिन्छन् । तर, उनको सर्त हुन्छ, ‘मेरो नाम चाँहि छुटनु हुदैन नि !’उनले एकजना सम्पादकलाई फोन गरेर दिल्लीवाट भने– ‘दाई म त सुजाताको कोठामा नै रात बिताएँ नि ! भारतले मलाई यति धेरै ठूलो सम्मान गर्यो, अब यसलाई जसरी पनि न्युज बनाइ दिनुहोला ।’

लौ खत्तम ! उपप्रधानमन्त्री सुजाताा कोइरालाको कोठामा रातभर ऋषि धमला । यो कुरा सुनेर नेपालमा भने हल्ला खल्ला ।पछि कुरा वुझ्दै जाँदा उनले सही नै कुरा दिएका हुन् तर यता भने अनर्थ लाग्यो । भएको के रहेछ भने, प्रधानमन्त्री माधव नेपालसँग सवारी मन्त्रीको रुपमा त्यो बेला उपप्रधान तथा परराष्ट्रमन्त्री रहेकी सुजाता गई दिइनन् । उनी नगएपछि उनका लागि तयार पारिएको कोठा स्वभाविक रुपमा खाली हुन गइहाल्यो । सोही खाली कोठा नै ऋषिलाई दिइएको पो रहेछ ।

पाँचौ किस्सा– धादिङ घर जाँदा लगनको समय भन्दा अन्य समयमा दमाहा, सनही बज्यो भने मानिसहरुले थाहा पाइहाल्छन कि आज गाउँमा ऋषि आएको छ भन्ने ।कुरा के हुन्छ रे भने, ऋषि गाउँ पुग्नु भन्दा अघि नै गाउँमा रहेका दमाहा, सनाही बजाउनेहरुलाई बोलाउँदा रहेछन, उनी त्यही दमाहा र सनाहीको तालमा नाच्दै नाच्दै घर जान्छन रे ! यसरी दमाहा, सनाही बजाए पछि उनीहरुलाई मनग्गे खल्ती भरिदिन्छन रे पनि । त्यसैले पनि गाउँका दमाहा, सनही बजाउनेहरु ऋषि नआउँदा बिरानो मान्दा रहेछन । कतिखेर ऋषि गाउँ आउला भनेर उनीहरु अझै पनि बाटो ढुकेर बस्छन रे ।

छैटो किस्सा– भर्खरै भर्खरै रिपोर्टर्स क्लव खोलिएको थियो । एमालेमा महाकाली सन्धिको बिषयलाई लिएर तिब बिबाद भइरहेको थियो । ऋषिलाई तत्कालिन महासचिव माधव नेपाललाई बोलाउन मन लागेछ । अनि, कोटेश्वरस्थित नेपाल निबास पुगेछन र भनेछन– ‘हजुर भोलि रिपोर्टर्स क्लबमा आई दिनुपर्यो, नेपाली जनता महाकाली सन्धीका बारेमा वुझ्न चाहन्छन् ।’छलफल र तनावमा रहेका माधव नेपालले ‘पछि कुरा गरौला, अहिले बाहिर बस्दै गर्नुहोला’ भनेपछि ऋषि बाहिर निस्केर कुरेर बसेछन् ।बाहिर ऋषि कुर्ने र भित्रवाट नेपाल ननिस्कने । झमझम पानी परिरहेको थियो, त्यो दिन् ।

यता नेपालले पनि छलफल र कुरा सकेपछि खाना खाइवरी सुत्न लागेछन् । तर, सुत्नु अघि संयोगबश बार्दलीमा पुगेका नेपालले बाटोमा एउटा मानिस रुझ्दै बसेको देखे पछि को हो, त्यो रुझेर बस्ने भनी वुझ्न लाएछन । तर, त्यसरी राती ११ बजेसम्म रुझ्दै बस्ने त उनै ऋषि धमला पो रहेछन । अनि नेपालले ऋषिलाई बोलाएछन र सोधेछन्– ‘किन यति रातीसम्म बाहिर रुझेर बस्नु भएको ?’ऋषिले भनेछन, ‘तपाईले भोली रिपोर्टर्स क्लबमा आउने समय फिक्स गर्छु भन्नु भएको थियो, त्यसैले तपाईको जवाफ कुरेर बसेको हुँ !’ नेपालले ‘लौ मैले त भुसुक्कै विर्सेछु’ भनेछन् ।रातभरी रुझेर समय माग गर्नका लागि कष्टपुर्ण प्रतिक्षा गरेको दृश्य देखे पछि त्यो दिन देखी नेपालले ऋषिको कुरा कहिल्यै काटदैनन रे !

ऋषिले बोलाए पछि नेपाल जहाँ पनि जान्छन रे ।त्यसैले पनि होला, पत्रकार महासंघले बरु शिर्ष नेता, कलाकार, राजनीतिक मानिसलाई बोलाउन सक्दैन, तर ऋषि एक्लैले भने सबैलाई बोलाउन सक्छन । नेताहरु अरुले बोलाएको कार्यक्रममा जादैनन तर रिपोर्टर्स क्लबमा गएर बोल्न पाउँदा संसारै जिते जति जस्तै गरी भाषण दिन्छन् । ऋषि पत्रकार, राजनीतिक खेलाडी सबै हुन । भलै, उनलाई मन नपराउनेहरुले उनका आलोचना गरिरहन्छन तर ‘काग कराउँदैछ, पीना सुक्दैछ’ भने झै गरी ऋषि भने खटिरहन्छन् । यो उनको सुन्दर पक्ष हो ।


Your Views
Related News