काठमाडौं। आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नै कारणले तनाव ग्रस्तस्थिति बनेपछि ललितपुर प्रहरीको नियन्त्रणमा पुगेका जुम्लाका ज्ञानेन्द्र शाही एक मन्त्रीको फोन गएपछि रिहा भएका छन्।संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई हिजो शनिबार नेपालगञ्जबाट काठमाडौं आउँदै गर्दै बुद्धएयरको जहाजमा शोधपुछ गर्न अघि सरेका शाहीलाई अन्ततः मन्त्री भट्टराईले सुरक्षा निकायलाई फोन गरेपछि रिहा हुन पुगेका हुन्।

आज मेकिङ्ग नेपाल इन्भेस्टमेन्ट प्रालि र जापानी कम्पनी जि होल्डिङ्सद्वारा आयोजित ‘नयाँ प्रविधिकाका साथ नेपालमा लगानीको अवसर’ विषयक अन्तरक्रियामा सहभागी भइरहेका बेला मन्त्री भट्टराईले शाहीलाई प्रहरीले नियन्यणमा लिएको जानकारी पाएका थिए । जानकारी पाएलगत्तै मन्त्री भट्टराईले नेपाल प्रहरीका उच्च अधिकारीलाई फोन गर्दै शाहीलाई तत्काल छोड्न आग्रह गरोक थिए।

शाहीलाई थुन्दा हिजो भएको नेपालगञ्ज घटनामा आफूलाई जोडेर दुस्पचार गर्न सक्ने सम्भावना रहेकोले उनलाई रिहा गर्न भट्टराईले प्रहरी अधिकारीलाई आग्रह गरेका थिए।


Your Views
Related News