बैतडी – रोजगारीकाे सिलसिलामा भारतको बेंगलोरमा रहेका एक नेपाली युवककोे पानीको ट्याङ्कीमा खसेर ज्या*न गएको छ ।
ज्या*न गुमाउनेमा बैतडीको पुर्चौडी नगरपालिका घर भएर हाल कञ्चनपुरको झलारी पिपलाडी बस्दै आएका २४ वर्षीय भरत जोशी रहेका जनाइएकाे छ ।
शनिबार राति काम सकेर कोठातिर जाने क्रममा पानी ट्याङ्कीमा खसेर जोशीकोे मृ*त्यु भएको सुदूरपश्चिमेली नेपाली समाज, भारत कर्नाटक राज्यसमितिका संस्थागत अध्यक्ष लिलाधर कपाडीले जानकारी दिनुभयो ।
मृ*तक जोशी एक महिना अगाडि मात्रै रोजगारीका लागि भारतको बेंगलोर गएका थिए । जाेशीको श*व परीक्षणपछि भारतमै दा*हसंस्कार गरिसकिएको सुदूरपश्चिमेली नेपाली समाजका संस्थागत अध्यक्ष कपाडीले जानकारी दिनुभयो ।
यो पनि हेर्नुहोस