जनकपुरधाम, १८ असार । जनकपुर भन्सार कार्यालयले बुधबार एक सुचना जारी गर्दै विभिन्न ब्राण्डका ३ सय ६१ वटा सवारीसाधनहरु लिलामी गर्ने जनाएको छ ।
कार्यालयले बिक्री गर्ने सवारीसाधनहरुमा मोटरसाइकल, कार, जीप, बोलेरो जीप लगाएतका तीन सय ६१ आइटमहरु रहका बताएको छ ।
दुई खण्डमा प्रकाशित भएको उक्त सूचनामा पहिलो खण्डमा १ सय ८१ आइटम तथा दोस्रो खण्डमा १ सय ८० आइटम राखिएको छ भने इच्छुक नेपालीहरुले सूचना प्रकाशित भएको २१ दिनभित्र गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ ।

आफुले इच्छाइएको सवारीको कबोल गरेको रकमको १० प्रतिशत् रकम को.लो.नि.का. धनुषा शाखाको धरौंटी खाता नं. १२२०२०३०००००० राष्ट्रिय बाणिज्य बैंक जनकपुर शाखामा कार्यालयको कोड नं. ३०५०२१७०१ राखी जम्मा गरेको भौचर सक्कलै भौचर बुझाउनु पर्ने जनाएको छ ।

सवारी साधनहरु हेर्न वा थप जानकारी लिनु परेमा हरेक हप्ताको शुक्रबार दिनको १५ः०० बजे देखि १७ः०० बजेसम्म सम्पर्क गर्न सकिने छ ।


Your Views
Related News