काठमाडौं, १८ असार । श्रीलंकामा जारी यस बर्षको सार्क फिल्म फेस्टिबलमा नेपालको प्रतिनिधित्व गर्दै नायिका स्वस्तिमा खड्का र निर्देशक दिनेश राउत श्रीलंका पुगेका छन् ।
सार्क फिल्म फेस्टिबलमा दिनेश राउतद्वारा निर्देशित चलचित्र ‘प्रसाद’, र नायिका स्वस्तिमा खड्काद्वारा अभिनित चलचित्र ‘बुलबुल’ प्रतिस्पर्धामा रहेका छन् ।

नायिका स्वस्तिमाबाट यस पटक अवार्डको अपेक्षा गरिएको छ । किनकी, चलचित्र ‘बुलबुल ’मा उनले निर्वाह गरेको भूमिकाले दर्शकको मन जितेको थियो । समीक्षकले पनि उनको कामलाई उत्कृष्ट भनेका थिए ।

नायिका स्वस्तिमाले आफ्ना लागि यो फेस्टिबल निकै महत्वपूर्ण रहेको बताएकी छिन् । यो फेस्टिबलबाट आफूले धेरै कुरा सिक्न पाएको उल्लेख गरेकी छिन् ।

यस भन्दा अघि सार्क फिल्म फेस्टिबलमा नायिका गरिमा पन्तले चलचित्र ‘झोला’ बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।


Your Views
Related News