काठमाडौं, ३० भदौ । नेपालगञ्ज विमानस्थलबाट काठमाडौं आउने क्रममा बुद्ध एयरको जहाजभित्रै आफु माथि भएको दु ब्र्यवहार बारे पर्यटनमन्त्री योगेश भट्टराईले धारणा सार्वजनिक गरेका छन् । उनले एउटा टेलिभिजन च्यानललाई अन्तरवार्ता दिँदै सो दिन भएको घटनका बारेमा बताएका छन् । दु ब्र्यवहार सहेर काठमाडौं ओर्लिना साथ सामाजिक सञ्जाल फेसवुक मार्फत धारणा सार्वजनिक गरेका मन्त्री भट्टराईले फेरी पनि सो बारे बताएका छन्। उनले आफु माथि मण्डले प्रवृत्तिका ब्यक्तिले अपमानजनक ब्यवहार गरेको र त्यो सुनियोजित भएको प्रतिकृया दिएका छन् ।

उनले आफु लोकतान्त्रिक गणतन्त्रका लागि आन्दोलन गर्दा मण्डलेको पक्षपोषण गर्ने र मण्डले खेमामा रहेका अधिवक्ताले समेत आफु माथि निकृष्ट शब्द प्रयोग गरेको बताएका छन् । उनले पूर्वयुवराज पारसलाई कारवाहीको माग गर्दै दरवारमा ७ लाख हस्ताक्षर संकलन गरेर आफुलाई दुख दिएको भनेर जहाजमा तँ शब्बोधन गर्दै हुलहुज्जत गरेको बताएका छन् । यस अघि आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले पर्यटन मन्त्री भट्टराईले झुटो बोलेको बताएका थिए । उनले जहाजमा कसैले पनि पूर्व युवराज पारसको नाम नलिएको दावी गरेका थिए ।

तर मन्त्री मट्टराईले आफु माथि हमला हुँदा त्यस्तो शब्द प्रयोग गरेको फेरी दावी गरेका छन् । पर्यटनमन्त्री भट्टराई माथि भएको दुर्व्यवहारप्रति उनको सचिवालयले गम्भिर ध्यानाकर्षण भएको बताएको छ। आइतबार साँझ स्वकीय सचिव प्रेम गुरागाईले एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो ध्यानाकार्षण भएको जनाएका छन् । त्यतिमात्रै नभएर विमानभित्रै मन्त्रीमाथि भएको दुर्व्यवहाले विचलित नहुने पनि विज्ञप्तीमा जनाईएको छ । जारी विज्ञप्तीमा भनिएको छ,‘जिन्दगीभर स्वतन्त्रता र लोकतन्त्र प्राप्तिका निम्ति लडेकाहरुलाई कसैले लोकतन्त्रप्रतिको निष्ठालाई सम्झाई राख्नु सर्बथा गलत हुन्छ। कसैको पनि आलोचना र सुझाव हाम्रो लागि सधैं स्वागतयोग्य छ।

तर, पछिल्लो समयमा आफ्नो सिंहासन गुमेपछि विक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ ले यो वा त्यो नाममा संबिधान बिरोधी हर्कतहरु जारी राखेका छन्। यसप्रति सचेत रहन सबै लोकतान्त्रिक शक्तिहरुसँग अपिल समेत गर्दछौं ।’विज्ञप्तिमा थप भनिएको छ, ‘यस्ता ‘मण्डले प्रवृत्ति’को विरोध र धम्कीले रत्तिभर बिचलित नभई ‘समृद्ध नेपाल सुखी नेपाली’ को महान् उद्देश्य प्राप्तिका निम्ति अविचलित रुपमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्दछौं।’


Your Views
Related News