काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले घरबेटीले कोठा भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिए कारबाही हुने बताएका छन्। आइतबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताएका हुन्। प्राधिकरणले तोकेको अधिकतम रकमभन्दा बढी लिएको उजुरी आए कारबाही हुने उनको भनाइ छ। आफ्नो सफल कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा घिसिङले पत्रकार सम्मेलन गरेका हुन्।

‘अहिलेको कानुन अनुसार नेपाल विद्युत प्राधिकरणले बिक्री गरेको बिजुली अरु कसैले पनि पुनः बिक्री वा व्यापार गर्न पाइदैन’, पत्रकारले सोधेको प्रश्नको जवाफमा घिसिङले भने, ‘घरबेटीले बढी महसुल लिएको उजुरी आए कारबाही गर्छौँ।’ प्राधिकरणले अहिले प्रतियुनिट अधिकतम १३ रुपैयाँसम्म महसुल लिँदै आएको छ। प्राधिकरणले तोकेकोभन्दा धेरै बिजुलीको शुल्क घरबेटीलाई नदिन पनि उहाँले आग्रह गर्नुभयो ।

यो पनि हेर्नुहोस् …
‘नेपाल आइडल सिजन ३’ को मुख्य प्रायोजक कोका–कोला

काठमाडौं । चर्चित गायन प्रतियोगिता ‘नेपाल आइडल’ सिजन ३ को मुख्य प्रायोजन कोका–कोलाले गर्ने भएको छ ।
आइडलले देशभरका विभिन्न शहरहरुमा तेस्रो सिजनको अडिसनको घोषणा गरिसकेको छ । नेपालमा पहिलोपटक कोका–कोलाले गायन प्रतियोगितामा प्रायोजन गरेको हो ।

नेपाल आइडलको सिजन १ र २ दर्शकले निकै रुचाएपछि आयोजकलाई तेस्रो सिजन गर्ने उर्जा मिलेको छ । पहिलो र दोस्रो सिजनमा न्ह्यू बज्रचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जाशी जजको रुपमा रहेका थिए


Your Views
Related News