काठमाडौं, २ असोज । बढ्दो महंगीसंगै राजधानी काठमाडौंमा दैनिकी गुजारा गर्न निम्न बर्गीय परिवारलाई निकै सामस्या हुन्छ । बिहान बेलुकीको छाक टार्नै मुश्किल भएको बेला घरबेटीलाई चर्को भाडा तिर्न उत्तिकै समस्या । यसरी घरबेटीलाई महिनैपिच्छे भाडा तिर्न नसक्दा अहिले एक परिवार सडकको बास बस्नु परेको तितो यथार्थको बारेमा यहाँ चर्चा गरिएको छ ।

दुइवटा छोरी , एउटा छोरा अनि गर्भाबस्था मा रहेकी श्रीमतीसहित इन्द्र पण्डितको परिवार अहिले सडकमा आइपुगेका छन् । समयमा भाडा तिर्न नसकेको कारण घरभेटिले उनीहरुलाई घरबाट निकालिदिएपछि इन्द्रको परिवार हाडीगाको ५ नम्बर वडाको बन्दै गरेको भवनमा ६ / ७ दिन अगीदेखि बस्दै अहिरहेका छन् ।

लगातार केहि दिन अघिदेखिको वर्षाको कारण काम पनि नभएको इन्द्र बताउछन । इन्द्रले आज भन्दा आगाडी गरेको ठेक्काको कामबाट घाटा भएको कारण इन्द्रले भाडा तिर्न अलि ढिलो भएको इन्द्रको श्रीमती बताउछिन् । उनीहरुको स्थिति साच्चै नै दया लाग्दो छ , इन्द्रको एउटा छोरीलाइ जन्डिस भएर बिरामी छिन अनि उनको श्रीमती गर्भवती । उनीहरुले ६/७ दिन खाना समेत खान नपाएको बताउँछन् । बाँकी इन्द्रको परिवारको अवस्थाको बारेमा तल भिडियोमा हेर्नुहोस्-


Your Views
Related News