काठमाडौं, २ असोज । चित्र कोर्न मन पराउने उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले आफ्नो गाउँको चित्र कोर्न थालेका छन् ।

उपराष्ट्रपति पुनले रोल्पाको परिवर्तन गाउँपालिका-२ भनभने, राङ्सीको चित्र कोर्न थालेका हुन् जहाँ उनको घर रहेको छ ।

उपराष्ट्रपति पुनले अहिलेको गाउँको नभएर १५० वर्षअघिको त्यो गाउँ कस्तो थियो, त्यसको परिकल्पना गर्दै चित्र कोरिरहेका हुन् ।

उनले तयार गर्दै गरेको चित्रमा १५० वर्षअघिको गाउँमा खरको छाना भएका ७/८ वटा चारपाते घरहरु देखिन्छन् ।

अहिले उक्त गाउँमा सडक, खानेपानी, विजुलीको सुविधा पुगेको छ । ढुंगा र जस्ताको छानो भएका करिब ४० वटा घर छन् ।


Your Views
Related News