काठमाण्डौ – सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई दिने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्ने जानकारी दिनुभएको हो । पुरस्कारको राशि ५ लाख रुपैयाँ रहेको छ । डाक्टर रुइतले एक लाखभन्दा बढी मोतियाबिन्दुका बिरामीको आँखाको ज्योति फर्काउनु भएको छ ।

सस्तो मूल्यमा गुणस्तरीय लेन्स ७० भन्दा बढी देशहरुमा पुर्‍याएर मोतियाबिन्दुबाट हुने अन्धोपना निवारणका लागि महत्वपूर्ण भूमिका निभाएका डा. रुइत नेतृत्वको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वकै नमुना मोडल मानिन्छ । मोतियाबिन्दुले ज्योति गुमाएका मानिसका लागि सस्तोमा लेन्स (इन्ट्रा अकूलर लेन्स ‘आईओएल’) उपलब्ध गराएर ज्योति फर्काउने कार्यका लागि विश्वमा प्रसिद्धि कमाएका यी चिकित्सकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन् ।

समाजसेवा गर्नु नै मानबिय धर्म हो जसले भगवानको आसा जगाएको हुन्छ आज त्यहि भगवान जसले आँखा गुमाएका नेपालीलाई उज्यालो प्रकाश दिएका छन | उनलाई सबैलाई मनैदेखि धन्यवाद दिनैपर्छ र उनलाई जस्तो सम्मान मिलेको छ त्यो सबैको मन मुटुदेखि नै आशिर्वाद दिनुपर्छ | यो पनि पढ्नुहोस् राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)को कन्द्रीय कार्य सम्पादन समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले पूर्व राजादेखि विप्लव नेतृत्वको माओवादीसम्म अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास गर्न बहसको थालनी गर्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘राजादेखि विप्लव नेतृत्वको माओवादीसम्म अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास गर्न, राजनीतिक मतभेद छोडेर आर्थिक विकासमा राष्ट्रिय सहमति कायम गर्न तथा अल्पसंख्यकलाई खुसी पार्ने भोटको राजनीतिको सट्टा अल्पसंख्यकको सुरक्षा र बहुसंख्यकको सम्मानको सिद्धान्त अनुरुप धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र स्थापना गर्ने तर्फ बहस प्रारम्भ गर्न राप्रपा सम्पूर्ण राजनीतिक शक्तिलाई आब्हान गदैछ, ’प्रवक्ता श्रेष्ठदरवारा जारी विज्ञिप्तमा उल्लखे गरिएको छ ।

आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा राप्रपा उच्च प्राथमिकताका साथ सहभागी भएको छ । राप्रपाले संघीय, प्रादेशिक र स्थानीय तहमा हुने उपनिर्वाचनका उम्मेदवारहरु छनौट गरी सिफारिस गर्न असोज १५ गतेसम्मको समयसीमा निर्धारण गरिएको छ । प्रवक्ता श्रेष्ठका अनुसार प्रतिनिधिसभा र प्रदेश सभाका रिक्त स्थानमा हुने निर्वाचनमा उम्मेदवार छनौट गर्न प्रदेश कार्य समिति र सम्बन्धित जिल्लाको सिफारिसमा केन्द्रले निर्णय गर्ने छ । स्थानीय तहको हकमा मेयर, अध्यक्ष, उपाध्यक्ष छनौट गर्न सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कार्य समितिले र वडा अध्यक्षको हकमा गाउँपालिका वा नगरपालिका कार्य समितिको सिफारिसमा जिल्ला कार्य समितिले निर्णय गर्ने गरी जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै बैठकले अन्तरराष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा अध्यक्ष कमल थापा, सदस्य सचिवमा प्रा.डा. गीताभक्त जोशीलाई चयन गरेको छ । प्रदेश समन्वय समितिको प्रमुखमा वरिष्ठ नेता दिपक बोहोरा र सदस्य सचिवमा सहायक महामन्त्री राजेश गिरी चयन भएको उनले जानकारी दिए । यस्तै प्रदेश नंं २ को इन्चार्जमा उपाध्यक्ष महेशलाल महासेठ, प्रदेश नं ५ को इन्चार्जमा उपाध्यक्ष प्रेम बहादुर भण्डारी, सुदुर पश्चिम प्रदेशको इन्चार्जमा उपाध्यक्ष नरेन्द्र बहादुर चन्द, र कर्णाली प्रदेशको इन्चार्जमा सहमहामन्त्री राजेन्द्र विर राय चयन भएका छन् । यस्तै अन्य विभाग प्रमुख पनि चयन गरेको छ ।


Your Views
Related News