संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा स्थानीय समयानुसार आज साँझ ९:१० बजे नेपालको राष्ट्रिय झण्डा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक झलमलाइने ( लाईट अप ) गरिने नेपाली दुतावास आबुधाबी युएईले जनाएको छ ।युएईका लागि नेपाली राजदुत कृष्ण प्रसाद ढकालले यसको लागि सम्बन्धित पक्ष सँग आफुले सक्दो प्रयास गर्ने पहिले नै जानकारी दिनु भएको थियो । बुर्ज खलिफामा अहिले सम्म नेपाली रास्ट्रिय झन्डा झलमलाएको थिएन । भिजिट नेपाल नजिकिदै गर्दा यस किसिमको कार्यले सकारात्मक प्रभाब अवश्य पार्ने देखिन्छ ।


Your Views
Related News