पछिल्लो समय कतारको जेलमा ३४ महिना कैदी जीवन बिताईसकेपछि नेपालका बिनाृद रानाभाट स्वदेश फर्के । उनलाई फर्काउन भनेर मागिएको ८२ लाख नेपाली रुपैंया सम्पुर्ण नेपालीले एक भएर उठाईसकेका पनि थिए । वास्तवमा बिनोद रानाभाट अभियानमा ८२ लाख मात्रै नभएर १ करोड २१ लाख हाराहारी रकम उठेको जानकारी समितिले दिएको छ । तर बिनोद रानाभाट भने भारतिय परिवारलाई एक रुपैंया पनि नतिरी स्वदेश फर्किए ।

यसै सन्दर्भमा अहिले सामाजिक सन्जालमा बिभिन्न बहस भैरहेका छन् । कतिले पैसाले नलाग्ने रहेछ, किन उठाको ? भनेर गलत टिप्पणी गरेका छन् भने कतिले अब उठेको पैसा के हुन्छ ? भनेर प्रश्न गरेका छन् । यस बिषयमा अभियानको मुख्य अभियन्ताका रुपमा रहेका कलाकार तथा समाजसेवी शिशिर भण्डारी चितवननै पुगेर बुझेका छन् । उनले अभियानका प्रमुख अभियन्ता अर्जुन भुषालसँग गरेको यो कुराकानी हेर्नुहोस-https://youtu.be/tPz0Lk4urdI


Your Views
Related News