नयाँ दिल्ली, १८ असार । यस पटकको लोक सभा निर्वाचनमा भारतीय कांग्रेस पार्टीले नराम्रो हार बेहोरेपछि पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन् ।

बुधबार ट्वीट गर्दै उनले हालै भएको आम निर्वाचनमा पार्टीको पराजयको जिम्मेवारी लिँदै पार्टी प्रमुखको पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

मत परिणाम लगत्तै उनले राजीनामा दिने मनशाय व्यक्त गरेका थिए तर पार्टीका नेताहरुले उनलाई राजीनामा नदिन सल्लाह दिएपछि उनी पछि हटेको समाचार सार्वजनिक भएको थियो ।
अघिल्लो अप्रिल र मे महिनामा भएको आम निर्वाचनमा कांग्रेसले ५४३ मध्ये केबल ५२ सिट ल्याएको थियो ।


Your Views
Related News