काठमाडौँ । केही समय पहिले घरायसी विवादले मिडियामा छाएकी शिल्पा पोखरेल विवादको लामो समय पछि मिडियामा देखा परेकी छिन् । केही अनलाइन मिडियाहरूमा शिल्पा र छविको बिचको विवाद टुङ्गिएको खबरहरू आइरहँदा उनी चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ग्राण्ड प्रिमियर कार्यक्रममा पुगेकी थिइन् ।

घरायसी विवाद बाहिरिएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् शिल्पा पोखरेल । प्रिमियर सो मा देखिएकी शिल्पा मिडियामा भने खासै बोलिनन् ।

करिब १ मिनेटको संवादमा चलचित्रको बारेमा प्रतिक्रिया दिँदै उनी अन्य प्रश्न गर्दा कुनै जवाफ नदिई बाहिरिइन् । शिल्पाले खासै मिडिया सामु बोल्न भने चाहिनन् । केही समय अघि उनी छविसँग फेरि सँगै बस्न थालेको कुरा बाहिर आएको थियो ।

सायद त्यही कुरा मिडियाले सोध्ने डरले पनि शिल्पा नबोल्न पो चाहेकी हुन् कि ? भिडियो हेर्नुहोस् ।

भिडियो हेर्नुहोस…


Your Views
Related News