तेजाब हमला बाट घायल भएकी एक नारीको मन देखि निस्किएका केही प्रश्नहरु……….

“ठिकै छ हजुरले तेजाब हान्नु भो सक्यो, अब गल्ती पनि भनिदिनु, हजुरको प्रपोज मेरो इग्नोर, वस यहि गल्ती ??
उडाइ दियो मेरो रुप,गल्ती शायद मेरो थियौँ
हजुरको माया बुझ्न सकिन?यति धेरै माया रहेछ हजुरको तर मैले बुझ्न सकेको रैनछ,म अब मेरो आफ्नै गल्ती स्विकार्छु,

के हजुरले अब मलाइ अपनाउनु हुन्छ?के अब हजुरले आफ्नो बनाउनु उन्छ?के अब हजुरले मेरो अनुहारलाई सजाउनु हुन्छ? जहाँ फोकानै फोका उठेको छ,मेरो आखामा आँखा जुधाएर हेर्न सक्नु हुन्छ? जुन आँखा भित्र पसिसकेको छ ?
बढाउनुस हजुरको औंलाहरु मेरो गालामा, जहाँ छालाहरु बाट पानी निक्लीरहेको छ, शायद हजुरले त्यो गर्न सक्नु हुन्छ …

हजुरको माया त सत्यहोनी हैन?ठिकै छ एउटा कुरा भन्दिनुन प्लिज, तेजाब हान्ने आइडिया कसरी आयो?कसैले हजुरलाइ सिकाउनु भाको हो?या हजुरको मनमा आफै आको?
अब हजुरले कस्तो महसुस गर्दै हुनुहुन्छ मेरो अनुहार जलाएर?गर्ब? या बहादुरी ?हजुरलाइ थाहा होला सिरिप मेरो अनुहार जलेको छ,शरीर अझै बाकी छ,एक सल्लाह दिन्छु हजुरलाइ,
एक तेजाबको ताल बनाउनु, अनि त्यसमा मलाइ धकेलीदिनु,
जब म पुरै जल्छ, अनि हजुरको माया झनै गहिरो अनि सत्य हुन्छ,

तर एक प्राथना गर्छु….
अर्को जुनिमा म हजुरको छोरी भएर जन्मिनु पाम, अनि फेरि हजुर जस्तै पागल प्रेमी पाइयोस,बल्ल हजुरलाइ रिलाइज हुन्छ, हजुरको कारणले मलाइ अनि मेरो परिवारलाइ कति दुखित बनाको छ भनेर, मेरो पुरै जिन्दगी बर्बाद बनायो होइन?
.
.
हजुरलाइ यो अर्टिकल मन पर्‍यो भने
कृपया अधिक मात्रामा शेर गरेर सबै सामु पुर्‍याउनु होला धन्यवाद ?


Your Views
Related News