चितवन, ६ असोज । असोज १ गते चितवनमा फिल्मी शैलीमा एक युवाले नारायण नदीमा हा*मफा*लेर वे*पत्ता भए । आफ्नी प्रेमिकाले देख्दा देख्दै उर्लिदो नारायणी नदीमा हा*म फा*लेर वेप*त्ता हुनेमा चितवनको भरतपुर–११, कैलाश टोलका २५ वर्षीय उदार पौड्याल रहेका छन् ।

नारायणीको पुलबाट हामफालेको दृष्यको साक्षी उनकै प्रेमिका बन्न वाध्य भइन् । ‘मेरो उदार… यो के गर्‍यौ तिमीले… मेरो उदार… यो के गर्‍यौ तिमीले…’ भन्दै ठूलो स्वरमा डाको छाडेको दृष्य नियाल्नेहरु पहिले अलमलमा परे पनि पछि घटना बुझेपछि आँशु थाम्न सकेनन् ।

नारायणी नदीमा बे*पत्ता भएका उदार अझैसम्म फेला पर्न सकेका छैनन् । उनकी आमा अहिलेसम्म अचेत छिन् । उदारकी प्रेमिकाको अवस्था पनि उस्तै छ ।

को हुन् उदार ?

उदार नारायणघाटको एक प्रतिष्ठित एटुजेट नामक मोबाइल सेन्टरमा काम गर्दै आएका थिए । उनी घटनाको तीन दिनअघि काठमाडौँमा एक साता बसेर फर्किएका थिए । काठमाडौबाट फर्किएका उनी घरमा नगई दलदलेस्थित साथीको घरमा बस्न पुगे ।

घटनाको दिन बिहान उनले आफ्नी प्रेमीकालाई फोन गरेर अन्तिम भेटका लागि आउन आग्रह समेत गरेको उदारका छिमेकी तथा नयाँ किरण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेके पाण्डे जानकारी गराए ।

भरतपुरका हरेक सामाजिक क्षेत्रमा क्रियाशील पाण्डे भन्छन्, ‘मैले ती युवतीलाई भेटें । उनीसँग बुझ्दा उनीहरुबीचको सम्बन्ध बिग्रेर हामफालेको बुझिएन । घटनाको दुई घण्टाअघि प्रेमीले बोलाएपछि प्रेमिका भेट्न पुग्छिन् ।’

पाण्डेका अनुसार करिब २ घण्टासम्म देवदहमा उनीहरुसँगै बसेका थिए । त्यहाँ उदारले निरासाका कुरा गर्दै नारायणीमा हामफालेर ज्यान फाल्ने कुरा गरेपछि प्रेमिकाले आफन्त र उदारका साथीहरुलाई फोन गरेर सम्झाउनका लागि बोलाइन् । उनको आग्रह अनुसार एटुजेट मोबाइल सेन्टरमा काम गर्ने साथीहरु घटनास्थल आइपुग्छन् ।

उनीहरुले नारायणी पुलमा उदारलाई भेटेर निकै सम्झाउँछन् । तर दुर्भाग्य ! उदारले घुर्की मात्रै देखाउन खोजेको होला भन्ने ठानेका साथीहरु र प्रेमिकाको सोचाइ गलत सावित हुन्छ । उदार जब नारायणीमा हामफाल्न खोजे तब साथीहरुले तानेर जोगाउन पनि खोजे । आफ्नो निर्णयबाट पछि नहटेका उदार अन्ततः जोगाउने प्रयास हुँदाहुँदै पनि हामफालेरै छाडे ।

२०/२२ वर्षको कलिलो उमेरमै आफ्नी आमालाई छाडेर अर्कै बिहे गरी विदेश हानिएका थिए उदारका बाबु । एक्ली आमाले हुर्काएको छोराले पनि सधैका लागि छोडेर गएपछि भर्खर ४० वर्ष टेकेकी उदारकी आमा मुर्छित छन् ।


Your Views
Related News