काठमाडौं-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भने सामाजिक संजालको दुरुपयोग हुने गरेको उल्लेख गर्दै त्यसलाई सरकारले नियन्त्रण गरेर जान उपयुक्त हुने बताएका छन्।

बुधबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेता खनालले यस्तो बताएका हुन्।
उनले आफूलाई नसोधी रतन्धो रोगी भएको समाचार सम्प्रेषण गरेको उल्लेख गर्दै यस्ता गलत समाचार सम्प्रेषण गर्नेलाई नियन्त्रण गर्न सरकारले कानुन बनाउन आवश्यक रहेको पनि स्पष्ट पारेका थिए।पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भने, ‘सामाजिक संजालको दुरुपयोग हुने क्रममा बढेकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक छ।

बैठकमा समितिका सदस्यहरुले विवादमा तानिएको सो विधेयक व्यापक परामर्श गरेर मात्रै पारित गर्नुपर्ने धारणा पनि राखेका थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद बहादुरसिंह लामाले सरकारले ल्याएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा समावेश गरिएका सामाजिक संजालसम्बन्धी सबै प्रावधान खारेज गर्न माग गरेका छन्। लामाले संविधान प्रतिकूल हुनेगरी आएको सामाजिक संजालसम्बन्धी सबै प्रावधान खारेज गर्न सरकारसँग माग गरेका हुन्।

समितिको बैठकमा सांसद लामाले सामाजिक संजालमार्फत् अभिव्यक्ति स्वतन्त्रतालाई प्रतिबन्ध लगाउने गरी आएको सो विधेयक मान्य नहुने चेतावनी दिँदै फरक मत पनि पेश गरेका हुन्।
संविधानको विरुद्धमा हुने गरी सामाजिक संजाल फेसबुक लगायतमाथि प्रतिबन्ध लगाउने गरी आएको सो विधेयकमा सहमति जनाउन नसकिने भएकाले समितिमा आफूले फरक मत पेश गर्नु परेको सांसद लामाको भनाई छ।
सांसद लामाले भने, ‘सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई समेत हनन हुने गरी संविधानविरोधी सो विधेयक मान्य नहुने चेतावनी पनि दिए


Your Views
Related News