वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी,१४ घडी २४ पला,बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । नक्षत्र पुनर्वसु,०२ घडी २४ पला,बिहान ०६ बजेर ५० मिनेट उप्रान्त तिष्य । योग परिध,१८ घडी ३६ पला,दिउसो ०१ बजेर २० मिनेट उप्रान्त शिव । करण भद्रा,बिहान ११ बजेर ४३ मिनेट उप्रान्त बव,बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त बालव । आनन्दादिमा स्थिर योग । चन्द्रराशि कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट । दिनमान ३० घडी १० पला । एकादशी श्राद्ध।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसाय तथा उद्योगमा लगानि गरि आम्दानि बढाउन सकिनेछ भने व्यावसायकै सन्द्रर्भमा छोटो दुरिको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछ । आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिनले साथ दिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न भई घर परिवारका ईच्छा आकांक्षा तथा दैनिक उपभोग्य बस्तुहरुको परिपुर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खानपान तथा बाहिरी बाताबरणको ख्याल नगरे स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाई अरुदिन भन्दा खस्केर जानेछ । माया प्रेममा अबिश्वास सिर्जना भई छुट्टिनु पर्दा मन खिन्न हुनेछ । कामको लागि लामो तथा छोटो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्ने तथा बिदेशी सामानको व्यापार व्यावसायमा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । नया काम पाउने तथा नोकरिमा मान सम्मान पाईने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारि जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । ठुलाबढा तथा बिशिष्ट व्याक्तिहरुको आशिर्वाद पाईने हुदा मन प्रशन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समयमा काम नबन्ने तथा ऋण लाग्ने हुँनाले मानसिक तनाब बढ्नेछ । हतियार,फलाम तथा आगो सँग सम्बन्धित काम गर्दा वा प्रयोग गर्दा हासियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुँन सक्छ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुँनाले आज मुद्धा मामिलामा सामेल भए हारिने सम्भावना रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै सस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने सकिनेछ । चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा निजिक भई भावना साटासाट गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

०००

यो पनि

साप्ताहिक राशिफल हेर्नुहोस : भाद्र ०५ गते आईतबारदेखी आष्विन ११ गते शनिबारसम्मको

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुनेहुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । मंगलबारबाट समय मध्ययम रहेकोले समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरुदिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुनेहुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । बिवादित बिषयहरु आज टुङग्याउनु उचित हुनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिहीबारबाट समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा खानपान तथा बाहिरि वाताबरणको ख्याल गर्नुहोला । समाजसेवामा समय खर्चने हरुले जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । आफन्त तथा ईष्टमित्र तथा अग्रज सँग टाडिएर कहिकतै जानु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा आम्दानि भएपनि बचाउन मुस्किल पर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नयाँ प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नया कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ । आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ भने पति पत्निबिच बिश्वासको डोरो अझ कसिलो भएर जानेछ । छोटो दुरिको व्यावसायिक तथा रमाईलो यात्राको तय गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

साताको सुरु र अन्तको समय मध्ययम रहेकोले खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला । समस्या पर्दा सहयोग गर्नेहरु कमै भेटिनेछन् । आर्थिक अवस्था कमजोर भएजस्तो हुनेछ भने व्यापारमा समय दिन नसस्दा घाटा लाग्ने योग रहेकोछ । मंगलबार र बुधबारको समय राम्रो रहेकोले व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने घर परिवार तथा आफन्तका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा चाहेजस्तो सफलता हात हागी हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग पाईने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिका पदोन्नति हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । बिहीबारबाट समय मध्ययम रहेकोले नियम संगत काम नगर्नेहरुले राज्यबाट दण्ड तथा जरिवाना तिर्नु पर्नेछ । लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । औजार तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नु होला समय मध्ययम रहेकोछ । आफन्त तथा अग्रजसँग घरायसि कुरामा मनमुटाब सिर्जना हुनेयोग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आईतबार र सोमबारको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ । मंगलबारबाट समय राम्रो रहेकोले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ । मंगलबारबाट समय मध्ययम रहेकोले आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिहीबारबाट समय मध्ययम रहेकोले अरुको व्यावहारले केहि समस्या निम्त्याएपनि अग्रज तथा आफन्तको सुझाब शिरोधार्य गर्दा फाईदा हुनेछ । पुराना कामहरु छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नया काम गर्ने बाताबरण नबन्दा आर्थिक रुपमा समस्या पर्न सक्छ । प्रेममा अबिश्वास बढ्ने हुनाले सन्तुलित व्याबहार गर्नुनै उचित हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साता राम्रो रहेकोले प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ । पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आईतबार र सोमबारको समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न । मंगलबारबाट समय राम्रो रहेकोले व्यावसाय फस्टाउँनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ । आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस ।

ज्योतिषी तारानाथ भण्डारी ।


Your Views
Related News