काठमाडौ,६असोज/
सुन लुटपाट गरेको आरोप लागेपछि महानगरीय प्रहरी परिसर काठमाडौमा कार्यरत प्रहरी सहायक निरीक्षक असई प्रितम लामा फरार भएका छन् ।

काठमाडौको घुमुवा टोलीमा रहेका असई लामाले ३ असोजमा बौद्धमा सुन लुटपाट गरेको उजुरी प्रहरीमा परेपछि उनी फरार भएका हुन ।

लुटेरासँग उनको संलग्नता देखिएको प्रहरीले स्रोतले जनाएको छ । लुटपाटमा संलग्न भएका एक जना व्यक्तिले प्रयोग गरेको मोटरसाइकल पनि लामाकै नाममा रहेको प्रहरी स्रोतले जनाएको छ । सुन लुटिएका पीडितले प्रहरीमा उजुरी दिएपछि असई लामा लुटपाटमा संलग्न रहेको खुलेको हो। लुटपाटको घटना लगत्तै असई लामा फरार भएको प्रहरी स्रोतले जनाएको छ ।

Your Views
Related News