एजेन्सी, ८ असोज । तेलगू फिल्मका हाँस्य कलाकार वेणु माधवको अल्पायुमै नि*धन भएको छ । माधवको ३९ बर्षकै उमेरमा हैदराबादको एक अस्पतालमा उपचारको क्रममा नि*धन भएको हो ।

कलेजो र किड्नीको बिरामी रहेका वेणुको बुधबार दिँउसो १२ बजेर २० मिनेट जाँदा नि*धन भएको भारतीय संचारमाध्ययमले जनाएका छन् ।

वेणुलाई डाक्टरहरुले कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएपनि उनको यहि बिचमा अचानक नि*धन भएको हो । १५० भन्दा पनि धेरै तेलेगु फिल्ममा अभिनय गरेका वेणुको नि*धनले टलिउड पुरै शो*कमा डुबेको छ ।

सामाजिक संजालमा फ्यानहरुले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् ।


Your Views
Related News