काठमाडौं, ८ असोज । लोकप्रिय गायक तथा ‘द भ्वाइस अफ नेपाल’का कोच राजु लामाले ए*सिड आ*क्रामणकी पि*डित मुस्कान खातुनलाई अस्पतालको शैयामै भेटेका छन् ।

ए*सिड पि*डित मुस्कान आफ्नो डा*इ हार्ट फ्यान भन्ने थाहा पाएपछि गायक लामाले कीर्तिपुर अस्पताल नै पुगेर खातुनलाई भेटेका हुन् ।

तेजाब आ*क्रमणमा परेकी वीरगंजकी १४ वर्षीया मुस्कानको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । पी*डामा रहेकी राजु लामाको उपस्थितिले घाउमा मल्हम लगाएको महशुस भयो । उनी जसको फ्यान थिइन् उनै आफ्नो अगाडि देख्दा निकै खुसी भइन् । अस्पताल पुगेका लामाले मुस्कानलाई भेटेसँगै आफूले १२ वर्ष अघि गाएको ‘तिमीलाई देखेर हिमाल हाँसेको’ बोलको गीत गाएर सुनाए ।

ब्याण्ड मेम्बरमार्फत उनले खातुन आफ्नो फ्यान रहेको र हाल ए*सिड आ*क्रमणका कारण अस्पतालमा उपचार गरिरहेको थाहा पाएका थिए । गायक लामाले भने, ‘मुस्कानले भेट्ने इच्छा राखेको थाहा पाएँ । पी*डामा रहेकी उनलाई इमोशनल सपोर्टको लागि अस्पताल पुगेँ ।’

मंगोलियन हार्टका गायक लामा यतिबेला ‘द भ्वाइस अफ नेपाल’मा व्यस्त छन्। द भ्वाइसमा कोचको भूमिका सम्हालिरहेका राजुको मुस्कानको चर्चा पनि निकै हुने गरेको छ ।


Your Views
Related News