काठामाण्डौं, १० असोज । गायक तथा संगीतकार टंक बुढाथोकी र वाल गायक अशोक दर्जीले ‘धन बिनाको मन ठुलो कि मन बिनाको धन – २’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

अशोक दर्जी र टंक बुढाथोकीलाई टंकका छोरा ए आर बुढाथोकीले पनि स्वरमा साथ् दिएका छन् । गीतमा शंकर आचार्यको शब्द र टंक बुढाथोकीकै संगीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा टंक, अशोक, ए आर का साथै थुप्रै फिमेल कलाकारले अभिनय गरेका छन् । आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ भिडियोलाई टंकले आफ्नै स्टुडियोमा सञ्चारकर्मीलाई बुधबार प्रिमियर पनि गरेका थिए ।

भिडियो हेर्नुहोस्-


Your Views
Related News