त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्‍याएपछि भएको जामका कारण आज एक बिरामीको नि’धन भएको छ । नि धन हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् ।रौतहटबाट काठमाडौँ आउँदै गरेको ना७ख ५३६४ नंको बसमा मिर्गाैला रोगी शाहलाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो ।

उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा निधन भएको महादेवबँेसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिनुभयो । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडौँ ल्याइँदै थियो ।

लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको निधन भएको महादेवबेसीस्थित जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीले बताउनुभयो । एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि शाहलाई रात्रिबस चढाएर ल्याइँदै थियो । शाहको श व बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको श्रेष्ठले बताउनुभयो ।

आमा, भाइ र दाजुसँगै शाह बसमा काठमाडौँ आउँदै थिए । आमासँगै सिटमा बसेका शाहकमे उनको काखमै निधन भएको हो । सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा जाम लागेको थियो । एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक चार दिनदेखि अवरुद्ध भइरहेको छ । दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र छन् ।

र यो पनि पढ्नुहोस्

काठमाण्डौबाट मलेखु पुग्नै ९ घण्टा, पर्यटक सोध्छन् : यस्तो पनि देशको मुख्य राजमार्ग हुन्छ ?
काठमाण्डौ – काठमाण्डौबाट नौ जना विदेशी पर्यटकसहितको गाडी लिएर पर्यटक गाइड विरोध बुर्लाकोटी बिहान साढे ८ बजे ठमेलबाट पोखराको लागि हिँड्नुभएको थियो । उहाँलाई नागढुंगा पुग्नै २ घण्टाजति लाग्यो । नागढुंगा नपुग्दै नै पर्यटकहरु छटपटिन थालेका थिए । तर नागढुंगाभन्दा तलको बाटोमा जामको कुरा गरिसाध्ये थिएन । जामको कुनै खास कारण थिएन । साँघुरो बाटोमा ठूला गाडी र साना मोडमा गाडीको गति कम हुँदा सयौँ गाडी जाममा थिए । नेपालीलाई भन्दा पनि विदेशी पर्यटकलाई सम्झाउनै मुश्किल परेको गाइड बुर्लाकोटीको भनाइ छ ।

पर्यटकलाई शौचालयको समस्या भयो । बाहिर शौच नगर्ने उनीहरु यात्राबाट आत्तिएका थिए । बल्लतल्ल भेटिएको शौचालयमा २० रुपैयाँ प्रतिव्यक्तिका दरले शौचालय गराएको बुर्लाकोटीले बताउनुभयो । भोक लागेर पनि पर्यटकले हैरानी बेहोरेका थिए । ‘बाटोमा राम्रा होटल पनि थिएनन्, पर्यटकले निकै नरमाइलो मानिरहेका थिए’, बुर्लाकोटीले भन्नुभयो, ‘केही पर्यटकले त कुनै देशको मुख्य राजमार्ग यस्तो हुन्छ ? भन्ने प्रश्न गरिरहेका थिए ।’बल्लबल्ल जाम छिचोल्दै उहाँ साढे ३ बजे मात्रै नौबिसे पुग्नुभएको थियो । बेलुका साढे पाँच बजे मात्रै उहाँ मलेखु पुग्नुभयो ।


Your Views
Related News