छठको अवसर पारेर कार्तिक १५ गते रिलिज हुने घोषणा गरिएको अभिनेता विराज भट्टको निर्देशकिय डेब्यू ‘साङ्लो’ अब फागुन ९ गते रिलिज हुने भएको छ।

शनिबार फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिनेमाको नयाँ रिलिज मिति सार्वजनिक गरिएको हो।यसै सिनेमाबाट मिस नेपाल-२०१७ निकिता चण्डकले नेपाली रजतपटमा डेब्यू गर्दैछिन्।

सिनेमामा विराज तथा निकिताका अलावा प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको पनि अभिनय रहेको सिनेमालाई सुदुरपश्चिमको रमणीय ठाउँमा फिल्माङ्कन गरिएको छ ।

विराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्मित सिनेमामा तेज बहादु खड्काको पनि लगानी छ । शिवम अधिकारीले पटकथा/संवाद लेखेको सिनेमामा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुले संगीत दिएका छन् ।


Your Views
Related News