बैतडी – बैतडीमा भीरबाट लडेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका–८ धारीका १४ वर्षे सुनिल महरा रहेका जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएको छ । बाख्रा चराउन गएका बेला स्थानीय धारी भीरबाट लडेर बालकको मृत्यु भएको हो। शुक्रबार बेलुका ५ बजेतिर भीरबाट लडेर गम्भीर घाइते भएका बालकको आज बिहान उपचाका क्रममा ज्यान गएको बताइएको छ ।

सुनिलको मृत्यु भएपछि परिवारमा रुवाबासी चलेको छ । यसअघि गएको भदौ ३० गतेपनि घाँस काट्ने क्रममा भीरबाट लडेर १४ वर्षे नारुली बोहराको पनि ज्यान गएको थियो ।


Your Views
Related News