११ असोज, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रम विथालेको छ ।
अभियानले चिवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो, जसमा अधिवक्ता सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाही लगायत सहभागी हुने कार्यक्रम थियो ।
तर नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।
यो पनि पढ्नुहोस:स्यावास कुलमान, १०८ वर्षपछि जलविद्युत क्षेत्रमा ठूलो फड्को –१५०० मेगावाट थपिँदै, बिजुलीमा देश आत्मनिर्भर हुदै
निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजना हेर्दा आउँदो वर्षातदेखि नेपालबाट ठूलो परिमाणमा विद्युत् निर्यात गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा हाल एक हजार मेगावाट हाराहारी रहेको विद्युत् करिब एक हजार मेगावाट थपिएर दोब्बर हुनेछ । आन्तरिक मागभन्दा धेरै विद्युत् उत्पादन हुने अवस्था नजिकिँदै गर्दा सरकार र निजी क्षेत्रले समेत भारत र बङ्गलादेशमा विद्युत् निर्यात विषयमा सक्रियता देखाएका छन् ।
चालू आर्थिक वर्षको अन्यसम्ममा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी, १०२ मेगावाटको मध्य भोटेकोसी, ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए, ८६ मेगावाटको लोअर सोलु, ५७ मेगावाटको अपर स्यान्जेन लगायतका आयोजना बनिसक्ने नेपाल विद्युत् प्राधिकरणको अनुमान छ । सरकारले छिमेकी मुलुक भारत, बङ्गलादेश र चीनसँग विभिन्न तहका सम्झौता गरिसकेको छ भने ती सम्झौता कार्यान्वयनका लागि द्विपक्षीय संरचना बनाएर काम पनि गरिरहेको छ । ऊर्जा उत्पादक निजी क्षेत्र आफैँले पनि विद्युत् निर्यातका लागि सक्रियता देखाएको छ ।