इलाम, ९ असोज । इलाम नगरपालिका वडा नं १२ का राजिन राई १८ वर्ष मै खाडी* मुलुक हानिए । घरको आर्थिक समस्या गहिरिए पछि उनले विदेशिनुको विकल्प देखेनन् । दुई लाख खर्च गरेर* राजिन मलेशिया त हानिए तर विदेशमा पैसा कमाउनुको पीडा उनलाई मलेशिया पुगेपछि मात्र थाहा भयो ।[]

दुःख गरेर मलेशिया पुगे पनि कमाइ नभए* पछि छ महीना नबित्दै उनी नेपाल फर्किन बाध्य भए । केही कमाइ होला र घरको ऋण तिर्न सकिएला भन्ने सोचले विदेशिएका राजिन उल्टै घरबाटै पठाइदिएको* पैसाले काठमाडौँ उत्रिए ।[]

जेनतेन राजिन घर त फर्किए तर, साहुको ऋण र घरायसी* समस्याले एकै चोटि चाप्यो । के गर्ने ? कसरी सम्पत्ति कमाउने ? उनी अन्योलमा थिए । त्यतिकैमा आफ्नै मामाबाट डेरी खोल्न सुझाव पाएपछि उनले डेरीमा* लगानी गर्न लागे । साथीभाइको सर–सहयोगबाट सामान्य छाप्रो बनाएर डेरी शुरु गरेका राजिनले अहिले दैनिक दुई सय लिटर दूध पेल्छन् । आफ्नो गोठको दूधबाहेक अन्य किसानको दूधसमेत जम्मा पारेर घ्यु र छुर्पी बनाउँछन् । डेरीको कमाइले राजिनले अहिले लगानी उठाएका छन् भने पुराना ऋण पनि धेरै घटाइ सके ।[]

“अहिले त व्यवहार धेरै बनिसक्यो, डेरीमा लगानी गरेर राम्रै* भएछ,” राजिन भन्छन् – “अरू काम गर्ने सोच बुनेको छैन । यसैबाट कमाइ भएकाले अझै लगानी बढाउने सोचमा छु ।”[]

बिहान ५ बजे उठेर डेरीमा काम शुरु गर्ने गरेका* राजिनले सबै काम ११ बजे सकेर दिउँसो अरू काम* समेत भ्याउँछन् । धेरै समय खर्चिनु नपर्नाले उनलाई यही पेशा ठिक लाग्छ । “शुरुमा आफ्नै चारवटा* गाईको दूध मात्र पेल्ने शूरमा थिएँ तर, पछि बढाउने सोच आयो,” उनले भने – “शुरुमा धेरै दुःख भयो । गाउँघरको दूध माग्दा पनि पाइँदैनथ्यो । यसले कति दिन डेरी चलाउँला र भनेर दूध दिँदैनथे तर, अहिले प्रशस्त दूध आउँछ ।” राजिनले अहिले डेरीबाटै महीनामा २५ हजार रुपैयाँसम्म* नाफा कमाउँछन् । उनी डेरी विस्तार गर्ने सोचमा छन् । डेरी ५०० लिटर क्षमताको बनाएर गाउँघरको दूध प्रशोधन गर्ने सोच उनको छ ।[]

यस्तै, इलाम माइजोगमाईस्थित नामसालिङका मिलन खत्रीले पनि* केही रकम खर्चेर इलाम नगरपालिकाको कुलधारामा डेरी उद्योग शुरु गरे । पुरानो घरमा सामान्य डेरी चलाएका मिलनले शुरुमा थोरै लगानी गरेर डेरी* चलाउन थाले । आफूसँगै अरू साथीलाई पनि रोजगार बन्नु पर्छ भन्ने मिलनलाई डेरीमा ठूलै लगानी गरेर धेरै दूध पेल्न मन भयो ।[]

उनले आफ्नो घरमा भएका केही सामान बेचे र केही रकम* आफन्तबाट जोहो गरे । त्यति गर्दा पनि रकम अपुग भएपछि बैङ्कबाट ३८ लाख रुपैयाँ ऋण लिएर नयाँ डेरी शुरु गरे । शुरुका दिन नयाँ ठाउँ र नयाँ ग्राहकको समस्या त पर्ने नै भयो । तर, पनि मिलनले हिम्मत हारेनन् । उनले आफूसहित केही साथीसँग समेत सल्लाह गरेर बिहान–बिहान डेरीमा* काम गर्न आग्रह गरे । धेरै समय खर्च पनि नहुने र काम गरेबापत पैसा पनि हुने बुझे पछि साथीभाइ पनि काममा लागे । यसरी सञ्चालन गरेको डेरीले मिलनलाई* एक कुशल उद्यमीका रूपमा स्थापित ग¥यो । अहिले डेरीमा तीन गाउँको एक हजार ७०० लिटर दूध दैनिक जम्मा हुन्छ । उनको डेरीमा अन्य १८ जनाले काम पाएका छन् ।[]

तीस प्रतिशत आफ्नै दाजुको शेयर र बाँकी आफ्नै लगानी रहेको यो डेरीमा बन्ने छुर्पी अमेरिका र जापानमा निर्यात हुन्छ भने घ्यु स्थानीय बजारमा बिक्छ । कारोबार बढेकाले उनले* बजार हेर्ने एउटा इकाई कुलधाराकै अर्को घरमा राखेका छन् । “ठूलो परिमाणमा कारोबार भएपछि बजार हेर्न एक्लैले सकिँदैन,” मिलनले रासससँग भने – ‘मैले छुट्टै कार्यालय खोलेर ११ जनालाई* मार्केटिङमा खटाएको छुँ ।” प्रशोधनमा ८ जना कर्मचारी रहेका उनको डेरीमा अहिले मासिक ३५ लाख रुपैयाँको कारोबार हुन्छ । नामसालिङ, गोदक र सोयाङबाट दूध सङ्कलन गरेर घ्यु र छुर्पी बनाइन्छ । उनी भन्छन् – “बैंकको ऋण तिर्दैछु । आम्दानी राम्रै छ । वार्षिक तीन लाख रुपैयाँ सरदर बचत हुन्छ ।”[]

गाउँघरमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश दिन डेरी* खोलेको उनी बताउँछन् । सेतो पहाड डेरी उद्योगका सञ्चालक मिलनले भने – “हामी सबै पशुपालनबाटै बाँचेका छौँ । हाम्रो धेरैको आम्दानीको स्रोत दूध नै हो । त्यसैले डेरीको नाम पनि* सेतो पहाड राखेको छुँ ।”[]

सन्दकपुर गाउँपालिकास्थित जमुनाका वडा सदस्य केवल राईले पनि* केही वर्ष अघिदेखि आफ्नै घरमा डेरी चलाएका छन् । उनी गाउँका दुईजनासँग मिलेर बिहान गाउँभरिको दूध सङ्कलन गर्ने र दिउँसो घरमै दूध पेलेर घ्यु र छुर्पी बनाउने गर्छन् । उनी एक दिनमा २५० लिटर दूध पेल्छन् र त्यसबाट बनेको छुर्पी र घ्यु बेच्छन् । केवलले डेरी मात्र नभई ‘होलिस्टेन’ जातका* चार वटा गाई समेत पालेका छन् । गाउँमै गाई फार्म र डेरी चलाएका केवल अहिले यसैमा सन्तुष्ट छन् ।[]

लामो समय विदेश बसेर गाउँ फर्केका केवलको फेरि* विदेशिने मन छैन । राम्रो आम्दानी गरेर गाउँमै केही गर्ने सोच पालेका केवल गाउँका अन्य युवालाई पनि विदेश नजान सल्लाह दिन्छन् ।[]

राजिन, मिलन र केवल मात्र होइन जिल्लाका धेरै युवाले स्वरोजगार* बन्न गाउँमै लगानी गरिरहेका छन् । कसैले डेरी चलाएका छन् भने कसैले किवी खेती गरेका छन् । विदेशिएका व्यक्तिसमेत फर्केपछि गाउँघरमै* उद्यम गर्न लागेका छन् । स्थानीय सरकार, सङ्घ÷संस्थाबाट सहुलियत ऋण र अनुदान पाउन थालेपछि युवा गाउँमै रोजगारीमा लाग्न *थालेका हुन् । युवामाझ उत्प्रेरणाका कार्यक्रम चलाइएपछि उनीहरु स्वरोजगार बन्न थालेको जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकरको भनाइ छ । वैदेशिक रोजगारीमा* कमाएको रकम लगानी गर्ने कृषि र पशुपालन उपयुक्त क्षेत्र भएका उनी ठान्छन् ।[]

“हाम्रोमा लगानीयोग्य क्षेत्र भनेको कृषि र पशुपालन नै हो, यसका लागि सरकारले र सम्बन्धित संस्थाहरूले* सहुलियत ऋण र प्रोत्साहन कार्यक्रम बढाएकाले युवाले लगानी गर्न थालेका हुन्,” शंकरले भने – “लगानी गर्ने हो भने ५ प्रतिशत दरमा ऋण भेटिन्छ । धेरै जोखिम मोल्नु नपर्नाले युवा वर्गले सहज गन्तव्यका रूपमा डेरी रोजेका हुन् ।”[]

शंकरले थप प्रष्ट पार्दै भने – ‘अहिले हाम्रै युवा समितिले पनि ‘रिटर्न नेपाली’ कार्यक्रम चलाइरहेको छ । यो सातै प्रदेशमा शुरु भइसकेको छ । शंकरका अनुसार यो कार्यक्रममार्फत विदेशिएका युवालाई* एक ठाउँमा उभ्याउने र लगानीयोग्य क्षेत्र खोज्न प्रोत्साहन गर्ने लक्ष्य उनीहरुको छ ।

युवा व्यवसायीलाई प्रोत्साहन दिन विभिन्न कार्यक्रम* राखेपछि धेरै फार्म र डेरी उद्योग शुरु भएको घरेलु तथा साना उद्योग विकास कार्यालयका उद्यम विकास सहजकर्ता निरोज राई बताउँछन् । अनुदान सँगसगै उद्यमशीलतासम्बन्धी *तालीम पनि दिइने भएकाले त्यसप्रति आकर्षण बढेको राईको भनाइ छ । यसै आर्थिक वर्षमा मात्रै घरेलुबाट १२ वटा तालीम सञ्लालन भइसकेको छ ।[]

कार्यालयले वैदेशिक रोजगारीबाट आएका युवालाई विशेष* प्राथमिकतामा राख्दैआएको छ । तालीम मात्र नभई प्रविधि किन्न पनि कार्यालयले रकम दिँदैआएको छ । इलाममा अहिलेसम्म २०० वटा डेरी उद्योग दर्ता भइसकेको* घरेलु तथा साना उद्योग विकास समिति इलामले जनाएको छ । गएको आर्थिक वर्ष २४ वटा र चालु आवमा २२ वटा नयाँ उद्योग दर्ता भएका छन् ।[][]


Your Views
Related News