भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका छन् ।शुक्रबार संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै मोदीले भने, ‘हामी त्यो देशका नागरिका हौँ, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ । पूरा विश्वलाई शान्तिको सन्देश दिएको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केवल १७ मिनेट मात्रै भाषण गरे पनि कैयौँ मुद्दा उठाएका छन् । उनले पाकिस्तानको नाम नलिइ घुमाउरो पारामा पाकिस्तानमाथि कडा टिप्पणी गरेका छन् ।

आतंकवाद पूरा विश्वका लागि खतरा भएको भन्दै उनले भने, ‘हाम्रो आवाजमा आतंकवादविरुद्ध विश्वलाई सतर्क गराउने गम्भीरता पनि छ र आक्रोश पनि ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद कुनै एक देशको समस्या मात्रै नभएर, पूरा विश्वकै समस्या भएकाले सबै एकजुट भएर यसविरुद्ध लड्नुपर्ने बताए । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा भारतले सबैभन्दा ठूलो बलिदानी दिएको पनि मोदीले बताए ।

सम्बन्धित समाचार

संयुक्त राष्ट्र संघमा पाकिस्तानी प्रधानमन्त्री : भारत ठूलो बजार भएकाले विश्व चुप छ
उनले भारत सरकारले अघि सारेका विभिन्न योजनाहरुको पनि चर्चा गरे । आयुष्मान भारत, सस्वच्छता अभियान, जनधन योजनालगायतका योजनाका बारेमा मोदीले चर्चा गरेका थिए ।

साथै उनले भारतीय नागरिकले लोकतान्त्रिक तरिकाले आफूलाई जनादेश दिएकाले आफू संयुक्त राष्ट्र संघको महासभामा भएको बताए । उनले भने, ‘यो वर्ष विश्वकै सबभन्द्या ठूलो चुनाव भयो । विश्वमा सबैभन्दा बढी नागरिकले भोट दिएर मलाई र मेरो सरकारलाई पहिलेभन्दा मजबुत जनादेश दिएका छन् । त्यही जनादेशका कारण म आज यूएनमा छु ।’

साथै मोदीले जलवायु परिवर्तनका लागि भारतको भूमिका निकै कम भएको पनि बताए । उनले भने, ‘यदि इतिहास र पर क्यापिटा इमिसन्सको नजरबाट हेर्ने हो भने ग्लोबल वार्मिङका लाभिा भारतको भूमिका एकदमै न्यून रहेको छ । तर यो समस्या समाधानका लागि कदम उठाउनेहरुमध्ये भारत एक अग्रणी देश हो ।’


Your Views
Related News