चितवन, भदौं ११-

नेकपाका कार्यकर्ताहरुले चितवनको भरतपुरमा भ्रष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही कुटपिट गरेका छन् । आज (शनिबार) दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका छन् । शाहीको टाउको चोट लागेको छ ।

शाहीको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको टाउकोमा चोटपटक लागेकाले सिटीस्क्यान गरिएको छ । शाहीको अवस्था मध्यम रहेको चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले नारायणी अनलाइनलाई जानकारी दिए ।



Your Views
Related News