धादिङ, १२ असोज । धादिङमा यात्रु बस दुर्घटना हुँदा पाँच जना घा*इते भएका छन् । जिल्लाकै नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेंसीका लागि छुटेको बस आइतबार बिहान दु*र्घटना हुँदा पाँच जना घा*इते भएका हुन् ।

सेमजोङबाट सदरमुकाम धादिङबेंसी आउँदै गरेको धादिङ यातायातको बा ४ ख ५७९३ नम्बरको आइतबार बिहान ८:३० बजेतिर नीलकण्ठ नगरपालिका वडा नम्बर १३ केराम्जामा प*ल्टिएर दु*र्घटना भएको हो ।

बस अत्यधिक ग*तिमा रहेकोले अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको घा*इतेहरूले बताएका छन् ।

दु*र्घटनामा परी धादिङको नेत्रावती डबजोङ ५ का ५८ वर्षीय दल बहादुर तामाङ र सोही ठाउँ बस्ने ६९ वर्षीया हस्त कुमारी तामाङ ग*म्भीर घा*इते भएका छन् ।

यसैगरी सोही स्थानकी २० वर्षीया लक्ष्मी गुरुङ, ४५ वर्षका चेन्डे दमाई ६० वर्षकी शान्तमाया गुरुङ घा*इते भएका छन् ।

घा*इतेहरू सबैको उद्धार गरी जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । बसका चालक र सहचालक दुर्घटना पछि फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।


Your Views
Related News