काठमाडौं, १३ असोज । छ माया छपक्कै चलचित्रको प्रमोसनल गितमा प्रयोग भएको एक लाईनले अहिले सामाजिक संजालमा हंगामा मच्चाएको छ । उक्त गीतमा दिपाश्री व्याउने भन्ने शब्दले सामाजिक संजालमा तातिएको हो ।

दिपक दिपालाई धेरै थरिको प्रतिक्रियाहरु पनि आईरहेका छन् । चलचित्र प्रचारको लागि यस्तो शब्द प्रयोग गरेको भन्दै दिपक दिपाको आलोचना समेत गरेका छन् । दुर्गेश थापाको शब्द संगीतमा तयार भएको गित बीच बिचमा अहिले प्रचार प्रसारमा प्रयोग गरिएको छ ।

यहि विवाद बारेमा चलचित्रका निर्माताहरु दिपाश्री निरौला र केदार घिमिरेले आफ्नो तर्क दिएका छन् । उनीहरुले भने, “यस गितमा खास हामीले आफैलाई व्यंग्य गरेर शब्द कोरिएको हो र दिपाश्रीको विवाह हुने कुरो छ भन्न खोजेको हो तर गित बनाउदा शब्द नअटाएपछि व्याउने बनाइएको हो । यो प्रचार प्रसारको लागि हामीले फ़ण्डा बनाउन आफै माथि व्यंग्य गरेको हो त्यसलाई अन्यथा नलिन आग्रह गर्छौ ।”

अन्तर्वार्ताको क्रममा माग्ने र दिपाले गलबन्दी गितमा दोहोरी समेत खेलेका छन् । गलबन्दी गितको दोहोरी बनाउदा चलचित्रको प्रचार हुने गरि रमाईलो गर्दै दोहोरी भिडन्त गरेका छन् जुन निकै रोचक छ ।

बाँकी भिडियो हेर्नुहोस्-


Your Views
Related News