सन्दर्भ_कोरियन_भाषा_परीक्षा_र_नतीजा
१२,००० जना पास गराए तापनि स्किल टेस्ट गराई छानेर जम्मा ६,७०० को हाराहारिमा मात्र नाम निकाल्ने (कोरिया जानको लागि योग्य सूचिमा)अहिलेको एच.आर.डी कोरियाको निर्णय सही छ!

१)भाषा मा रटेर १००% ल्याएर मात्र भएन ,कोरियाको परिबेशको बारेमा सामान्य जानकारी हुनु पर्यो,काम को बारेमा बुझेको हुनु पर्यो,शारीरिक रुपमा पनि फिट हुनु पर्यो!!!

२)भाषाको महत्व कोरियामा आफ्नो ठाऊमा छदैछ तर सबभन्दा महत्वपूर्ण भनेको काम,काम र काम नै हो,काम गर्न सक्ने र खटन सक्ने मान्छे मात्र जान पाऊनु पर्यो!

३)नेपालमा ब्याचलर ,मास्टर सकेको छ,भाषा परीक्षामा १००% ल्यायो,न उसले नेपाल हुदा कहिलै काम गरेर सिन्को भाच्यो,कोरियामा गएर लाख लाख टिप्ने मात्र सपना देख्छ,काठमान्डौ मा बाइकमा यता र उता हाहा र हुहु गर्दै हिडेकोलाई पक्कै पनि कोरियामा टिक्न गार्हो हूनेछ,२-४ महीनामैं फर्कने हरू,डिप्रेसन मा जाने हरू र केही सिप नलागेर अन्तिममा आत्महत्या सम्म गर्ने हरू प्रायः यस्तै हुन!

४)बिगतका बर्ष हरूमा प्रायः चाहिने भन्दा निकै बढ़ी पास गराइन्थ्यो,बर्शेनी लगभग (५०००-७०००)जती मात्र कोरिया प्रबेश हुन पाऊँथे र बाकी सबै जती नै पास गराए पनि कोरिया जान बाट बंचित हुनु पर्थ्यो,यसपालि चाही जम्मा manufacturing मा ४,७०० जना र agriculture तर्फ जम्मा २,००० जना हाराहारीमा मात्र छानिने हुँदा स्किल टेस्ट मा सफल हुने हरू लगभग सबै नै कोरिया जान पाउनेछन,किनकी जति थोरै जना कोरिया जानको लागी रोस्टरमा राखिन्छन,जान पाउने संभावना बढ़ी हुन्छ र जती बढ़ी धेरै जनाको नाम रोस्टर मा राखिन्छ ,कोरिया जान पाउने संभावना थोरै हुन्छ!!

५)अहिले टनाटन पास गराई २ बर्ष सम्म कोरिया जान पाउने आशमा कुराएर अन्तिममा रोस्टर बाट नै नाम हट्दा झन बढ़ी पिडा हुन्छ,समयको झनै बर्बाद हुन्छ त्यसैले अहिले नै स्किल टेस्ट गराई लगभग जान पाउने संख्यामा मात्र नाम निकालिनु स्वागत योग्य कुरा हो !!

लेखक:डोलिन केसि


Your Views
Related News