काठमाडौं । प्रकाश दाहालको ३८ औं जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको विवादास्पद अभिव्यक्ति संसदमा प्रवेश पाएको छ ।

प्रधानमन्त्री ओलीले हाल काठमाडौंमा मास्क लगाएर हिँड्न नपर्ने अवस्था रहेको बताएका थिए ।

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् ।

बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ । मास्क लगाउन पर्छ कि पर्दैन हेरौं ।मास्क लगाउनु नपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको सामाजिक सन्जालहरुमा पनि तीव्र विरोध भइरहेको छ ।


Your Views
Related News