नायक राजेश हमाललाई पुरस्कार दिइने
काठमाडौं – नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई १ लाख रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ ।करीब ३०० चलचित्रमा अभिनय गरिसकेका नायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेबापत साधना कला केन्द्रले सम्मान गर्न लागेको हो ।

केन्द्रले असोज १२ गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी सम्मान प्रदान गरिने कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए । सो अवसरमा नायक हमालले अभिनय गरेका विभिन्न चलचित्रका झण्डै ३० गीत विभिन्न कलाकारले गाउने छन् ।भारतीय गायिका साधना सरगम कार्यक्रममा सहभागी हुने बताइएको छ । केन्द्रले २०५२ सालदेखि यस किसिमको कार्यक्रम गर्दै आएको छ ।


Your Views
Related News