न त साम्सी धोला माया’ को भ्यूज १ लाखभन्दा बढी

मकवानपुर, २३ भदौ । गायक अभिषेक तामाङ र गायिका सृजना स्याङ्तानको आवाजमा रहेको ‘न त साम्सी धोला माया’ बोलको गीतको म्युजिक भिडियोलाई एक लाख भन्दा बढी भ्युज प्राप्त भएको छ । गायक अभिषेक तामाङकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोलाई व्यक्तिगत च्यानलमै यति धेरै भ्युज प्राप्त भएको हो ।

गीतको म्युजिक भिडियोमा चर्चित नायक सागर घिसिङसँगै सुजिना गोलेको अभिनय हेर्न सकिन्छ । सोनाम पाख्रिनको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई सञ्जीत श्रेष्ठले खिचेका हुन् । सुशिल न्यौपानेको सम्पादनमा तयार भएको भिडियोलाई दर्शकले निकै रुचाएका छन् ।

यो सामग्री तयार पार्दाको समयमा यस म्युजिक भिडियोलाई १ लाख ४ हजारभन्दा बढी पटक हेरिएको छ । त्यस्तै १ हजार ७ सयभन्दा बढी लाईक र २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । कुमार स्याङ्बाको शब्द तथा अभिषेक कै संगीत रहेको गीतलाई दिपेश प्रधानले एरेञ्ज र मिक्स गरेका हुन् । सर्गम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो भर्सनलाई भने यस अघि नै गायक अभिषेक तामाङकै युट्युब च्यानलबाट नै सार्वजनिक गरिसकिएको थियो ।


Your Views
Related News