संघीय संसद्का सांसदले दसैंभत्ता मागेका छन् । जनताको सेवा गर्न भनेर जनता बाटै चुनिएका सांसदले मासिक पारिश्रमिक त लिएकै छन् । त्यसको अलावा भत्तामा पनि र्याल कार्दै आएका छन् ! यसरि उनीहरु कर्मचारीसरहको भत्तामा पनि लोभिएका छन्, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
उनीहरुको मागप्रति अर्थमन्त्री डा. युवराज खतिवडा पनि सकारात्मक देखिएका छन् । श्रमिकदेखि कर्मचारीसम्मले दसैंमा एक महिना बराबरको भत्ता पाउने तर आफूहरुले किन नपाउने भन्ने जिज्ञासा राखेका थिए ।

सांसद र तिनका सचिवालयमा काम गर्ने कर्मचारीले दसैंभत्ता नपाउने गरेका कारण समस्या भएको सांसदहरुको तर्क छ । बेलाबखत सांसदको भत्ता काण्ड आलोचनाको निशानामा पर्दा समेत सांसदहरु भत्तामा र्याल चुहाउन नछाडेको भन्दै जनमानसमा तिब्र आलोचना भैरहेको छ । तिब्र आलोचनाको बीच पनि सांसदहरु भत्तापाउन पटक पटक हरेक बर्ष भिभिन्न शिर्षकमा भत्ता माग गर्दै आएका छन् ।


Your Views
Related News